Banner News

नारायणगढ/मुग्लिन सडकखण्डमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

हेटौंडा। नारायणगढ/मुग्लिन सडकखण्डमा आइतबार राति भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुर जिल्लाका २ जना पनि रहेको खुल्न आएको छ । चितवनको इच्छाकामना नौकिलोमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।चामल बोकेको ट्रक पल्टिँदा...

उपनिर्वाचन हुने स्थानमा सार्वजनिक बिदा दिने आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानमा सार्वजनिक बिदा दिने भएको छ । यहि मंसिर १६ गते हुन लागेको उपनिर्वाचनको अवसर आयोगले सार्वजनिक बिदा दिन लागेको हो । उपनिर्वाचन हुने स्थानका स्थानीय तह र वडा कार्यालयमा मतदानको दिन सार्वजनिक बिदा दिन व्यवस्था गर्न आयोगले निर्देशन दिइएको छ। मतदान स्थलको...

बागमती प्रदेश सरकारद्वारा उद्योग दिवसको अवसरमा १४ उद्यमी सम्मान

हेटौंडा । बागमती प्रदेश सरकारले १०औं उद्योग दिवसको अवसरमा प्रदेशका १४ उत्कृष्ट उद्यमीलाई सम्मानित गरेको छ। यस अवसरमा घरेलु तथा साना उद्योग क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउने उद्यमीहरुलाई प्रोत्साहन स्वरूप नगद पुरस्कारसहित सम्मान गरिएको हो। बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयले प्रदेशका १३ जिल्लाबाट एकरएक उत्कृष्ट उद्यमीलाई सम्मान...

जिल्लामै पहिलो पटक सर्वाधिक राशिको क्रिकेट प्रतियोगिता हुदैं

हेटौंडा। नेपाल मुस्लिम इत्तेहाद सङ्गठन जिल्ला कमिटी मकवानपुरले टि–१० क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको छ । जिल्लामै पहिलो पटक सर्वाधिक राशिको क्रिकेट प्रतियोगिता हुन लागेको सङ्गठनले आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । प्रतियोगिता यही मङ्सिर १२ गतेदेखि १५ गतेसम्म हेटौँडा–४, हुप्रचौरमा सञ्चालन हुने भएको छ । प्रतियोगितामा...

सर्वोच्चद्वारा प्रसाईलाई थुनामा राख्नुको कारण देखाउन माग

काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले प्रसाईलाई थुनामा राख्नुको कारण देखाउन माग गर्दै अदालतमा उपस्थित गराउन आदेश गरेको छ । छोरा निराजन प्रसाईंले शुक्रबार दायर गरेको रिटमाथि आइतबार न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । कम्बोडियाको टेलिकममा...

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखिदैं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । प्रहरीले आज पाँचौं पटक लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश हेमलाल बेलबासेको इजलासले लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका...

खेलकुद क्षेत्रको विकासमा राज्यले प्राथमिकता दिनुपर्छ : खेलकुदमन्त्री मीनकृष्ण महर्जन

हेटौंडा । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रको विकासमा राज्यले प्राथमिकता दिनुपर्ने बताउनु भएका छन् । हेटौंडा–३ मा आयोजित प्रथम मकवानपुर जिल्ला स्तरीय कराते प्रतियोगितालाई सम्बोधन गर्दै मन्त्री महर्जनले व्यक्तिको स्वास्थ्य तथा सामाजिक र आर्थिक विकासमा खेलकुद क्षेत्रको महत्व रहेको भन्दै राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिनु...

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज सात वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा नेपाली समयअनुसार बेलुका सवा ६ बजे चेल्सी र लेस्टरसिटी खेल्दैछन् । त्यस्तै राति पौने ९ बजे पाँच वटा खेल हुँदैछन् । यी खेल फुलहम र उल्भ्स, एभर्टन र ब्रेन्टफोर्ड, आर्सनल र नटिङघम फरेस्ट,...

रवि लामिछानेविरुद्ध चितवनबाट पनि पक्राउ पुर्जी जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका ( रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको छ । सहकारी ठगी प्रकरणमा रविसँगै पूर्व डीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध पुर्जी जारी भएको हो । चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालले उनीहरुलाई पक्राउ गर्न अनुमति दिएका छन् । सहारा बचतको...

विकास निर्माणले बिनास निम्याउन सक्छ : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकासका काममा प्रकृतिमैत्री र वातावरणमैत्री प्रविधिको प्रयोग गर्नुपर्ने आवश्यकतालाई जोड दिनु भएको छ । उहाँले विशेषगरी सडक र बाटो निर्माणमा प्रविधिको प्रयोग गर्दा प्राकृतिक विपद्हरू हुने जोखिम रहेको बताउनु भएको छ । बिहीबार काठमाडौँमा आयोजित प्रादेशिक र स्थानीय सडक सुधार कार्यक्रमको एमओयू हस्ताक्षर...