नारायणगढ/मुग्लिन सडकखण्डमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

संवाददाता
२०८१ मंसिर १०, सोमबार ०८:५१

हेटौंडा। नारायणगढ/मुग्लिन सडकखण्डमा आइतबार राति भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुर जिल्लाका २ जना पनि रहेको खुल्न आएको छ ।

चितवनको इच्छाकामना नौकिलोमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।चामल बोकेको ट्रक पल्टिँदा मृत्यु हुनेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ का ३८ वर्षका श्याम बजगाईं, सोही स्थानका ३१ वर्षका दीपक दाहाल र चितवनको कालिका नगरपालिका–३ बस्ने आरम्भ पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक ९डीएसपी० ज्ञानकुमार महतोले बताए।

भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा सोमबार (आज) बिहान ५ः३० बजेतिर आरम्भको मृत्यु भएको डीएसपी महतोले जानकारी दिए। घाइते दुई जनाको भरतपुरमा उपचार भइरहेको छ। घाइते मकवानपुर हेटौँडा उपमहानगरपालिका–१८ का बलबहादुर कोइरालाको चितवन मेडिकल कलेज र रामेछापका मानबहादुर विकको एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा र मकवानपुरगढी गाउँपालिका–६ का २७ वर्षीय सुसन विकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*