उद्योगहरूमा बिजुलीको लाइन नकाट्ने नेपाल विद्युत् प्राधिकरणको निर्णय

संवाददाता
२०८१ मंसिर १२, बुधबार १५:१०

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा बिजुलीको लाइन नकाट्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा आज बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेकाे हाे ।

उक्त बैठकले वैकल्पिक बाटो प्रयोग गरेर पैसा उठाउने तर तत्काल उद्योगमा बिजुली नकाट्ने निर्णय गरेको हो । हिजो विद्युत् नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएपछि आज समितिको बैठक बसेको हो ।

यसअघि प्राधिकरणले ट्रङ्क तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काटेकोमा सरकारको निर्देशनपछि जोडेको थियो । प्राधिकरणले बिजुली जोडेर १५ दिनभित्र बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काटिने सूचना निकालेकोमा १५ दिन पुग्नु अघिल्लो दिन नियमन आयोगले हिजो लाइन नकाट्न निर्देशन दिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*