हेटौंडा ३ तिनताप्केबाट ७१ किलो लागुऔषध गाँजा सहित २ जना पक्राउ

संवाददाता
२०८१ मंसिर १२, बुधबार १५:२८

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३
स्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्ड तिनताप्केबाट ७१ किलो लागुऔषध गाँजा सहित २ जना प्रहरीले पक्राउ परेका छन् ।

गाडीको चालक बस्ने सिट मुनी लुकाई छिपाई गरी राखी ल्याईएको अवस्थामा ७१ किलो ७ सय ग्राम लागुऔषध गाँजा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक  श्यामु अर्यालले बताए ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ३०५९ नम्बरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा मकवानपुर राक्सिराङ गाउँपालिका– ९ बस्ने २० वर्षीय मिलन घलान र सोही स्थानका २६ वर्षीय दावा थिङलाई गाँजा सहित पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

फेला परेको लागुऔषध गाँजा, पिकअप गाडी सहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको डीएसपी अर्यालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*