माैसम
कान्तिलोकपथ सडक खुल्याे
हेटौंडा । निरन्तरको वर्षा र पूर्वाधारको अस्थायी समाधानले कान्तिलोकपथ सडक बारम्बार अवरुद्ध हुन थालेको छ। शुक्रबार साँझ बगुवा खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि १२ घण्टा अवरुद्ध भएको यो सडक शनिबार बिहान मात्र सञ्चालनमा ल्याइएको हो। ललितपुरको बागमती गाउँपालिका–२ र मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवामा रहेको बागमती पुलको स्थानमा बनाइएको डाइभर्सन...
बाढीले सडक भत्किँदा कान्तिलोकपथ सडक बन्द, वैकल्पिक मार्ग अपनाउन आग्रह
हेटौंडा । लगातारको वर्षासँगै आएको बाढीका कारण मकवानपुर र ललितपुर जोड्ने कान्तिलोकपथ सडक बन्द हुँदा काठमाडौँ–हेटौँडा सडक यातायात पूर्णरूपमा प्रभावित भएको छ। भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सीमामा रहेको बागमती पुलको छेउमा भरिएको ग्राभेल माटो बगाउँदा सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब...
वन अतिक्रमणको बढ्दो संकट : बागमती प्रदेशको हरियाली संकटमा
हेटौंडा। बागमती प्रदेशमा फैलँदो वन अतिक्रमणले वातावरणीय सन्तुलन र जैविक विविधता संकटमा पारेको छ। प्रदेशका १२ हजार ९४६ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेपछि वातावरणीय सरोकारवालाहरू चिन्तित छन्। प्रदेशमा कुल ४ लाख ५५ हजार ३५४ हेक्टर वन क्षेत्रमध्ये अतिक्रमणमा परेको भाग करिब तीन प्रतिशत हो। तर यो सामान्य तथ्य मात्र...
नेपालमा चट्याङबाट २३७ जनाको मृत्यु ,९०८ जना घाइते
काठमाडौं । पछिल्ला चार वर्षमा नेपालमा चट्याङका घटनाले जनधनमा ठूलो क्षति पुर्याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७८ साउनदेखि हालसम्म चट्याङबाट २३७ जनाको ज्यान गएको छ भने ९०८ जना घाइते भएका छन्। विशेष गरी बर्खायाममा खेतबारीमा काम गर्ने सर्वसाधारण बढी प्रभावित हुने गरेका छन्। कोशी...
बिपी राजमार्गमा सवारी अवरुद्ध , बाढीले जनजीवन प्रभावित
काभ्रेपलाञ्चोक । निरन्तर वर्षापछि आएको बाढीले काभ्रेको माप्तीस्थित रोशी खोलाको डाइभर्सन बगाउँदा बिपी राजमार्ग आठ घण्टादेखि अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् भने जनजीवन प्रभावित बनेको छ। अस्थायी डाइभर्सन बगाएपछि क्षेत्रका स्थानीयवासी र सुरक्षाकर्मीको सहकार्यमा राजमार्ग एकतर्फी सञ्चालनको प्रयास भइरहेको छ। घटनास्थलबाट प्रहरीले १७ जना...
हेटौंडा–काठमाडौँ कान्ति लोकपथ सडक सुचारु, तर अस्थायी डाइभर्सनले अझै जोखिम कायम
हेटौंडा । निरन्तरको वर्षासँगै आएको बाढीले अवरुद्ध भएको हेटौंडा–काठमाडौँ सडकखण्ड अन्तर्गतको कान्ति लोकपथ आज दिउँसोदेखि पुनः सञ्चालनमा आएको छ। बागमती नदीमा पानीको बहाव अत्यधिक बढेपछि मकवानपुर र ललितपुरको सिमानामा रहेको अस्थायी डाइभर्सन बगाएको थियो, जसका कारण आज बिहान ६ बजेदेखि सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो। प्रहरी नायब उपरीक्षक...
कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेकोले कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिंम प्रदेशलगायत देशका...
आजदेखि मौसममा क्रमिक सुधार हुने
काठमाडौ । आजदेखि मौसममा केहि सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनको मौसम पूर्वानुमानअनुसार आज दिउँसोदेखि मौसम सुधार हुँदै जानेछ । तीनवटा वायुको प्रणाली एकसाथ सक्रिय हुँदा आइतवारदेखि शुरु भएको वर्षा हिजो पूर्वी, मध्यसहित पश्चिममा सक्रिय थियो । तर, पश्चिम बङ्गालआसपासमा बनेको न्यूनचापीय प्रणालीको...
भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने
काठमाडौ । भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान छ । पश्चिमी वायुको प्रभावले यही कात्तिक १८ र १९ गते देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना देखिएको हो । यस वर्षको भाइटीका कात्तिक १८ गते आइतबार परेको छ । मौसमविद एवम् त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय...
देशका पहाडी क्षेत्रमा सामान्य वर्षाको सम्भावना
काठमाडौ । आज दिउँसो देशका पहाडी क्षेत्रमा सामान्य बदली भई केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेकोले केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । आजराति पनि कोशी र गण्डकी प्रदेशका पहाडी...






