माैसम
रसुवागढी सुक्खा बन्दरगाहमा बाढीले सयभन्दा बढी मालवाहक सवारी बगाएको आशंका
काठमाडौं । रसुवागढी भन्सार नजिकको निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा आएको आकस्मिक बाढीले प्रारम्भिक अनुमानअनुसार सयभन्दा बढी मालवस्तु बोकेका गाडी बगेको आशंका गरिएको छ। नेपाल इन्टरमोडल ट्रान्सपोर्ट विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार, बाढीले सवारी साधनमात्र हैन, आयात हुँदै गरेको अर्बौं रुपैयाँ बराबरको सामग्री पनि नष्ट हुन सक्ने...
आज कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । आज कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । यसैगरी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हिमपातको पनि सम्भावना छ । यो प्रक्षेपण जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गरेको हो । मधेश...
बीपी राजमार्ग १५ दिनका लागि राति बन्द
काठमाडौं । बर्खायाममा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्ग आगामी १५ दिनका लागि रातिको समयमा बन्द गरिने भएको छ। शुक्रबारदेखि राजमार्ग साँझ ६:३० बजे देखि बिहान ५:०० बजेसम्म सबै सवारी साधनको आवागमन रोकिनेछ। काभ्रे, सिन्धुली र रामेछाप जिल्लाका जिल्ला सुरक्षा समन्वय समितिको संयुक्त बैठकले उक्त निर्णय...
आज कोशी, बागमती र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
काठमाडौ । अहिले देशको पश्चिमी क्षेत्रका धेरै ठाउँमा पानी परिरहेको छ । सूदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न जिल्लामा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गएरातिदेखि देशको पूर्वी क्षेत्रमा भन्दा पश्चिमी क्षेत्रमा धेरै पानी परिरहेको छ । पूर्वी नेपालमा वर्षा घटेको र...
मनसुन सक्रिय हुँदै गएपछि पश्चिम नेपालका जिल्लाहरुमा वर्षा
काठमाडौं । मनसुन सक्रिय हुँदै गएपछि पश्चिम नेपालका जिल्लाहरुमा वर्षा भइरहेको छ । अहिले गण्डकी प्रदेशबाट पश्चिमका जिल्लामा वर्षा भइरहेको छ । पानी प्रणाली उत्तरतर्फ सरिरहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । अनुसार गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेश...
एक साताभित्र देशभर मनसुन सक्रिय हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ । यस वर्ष औसत मिति भन्दा १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र एक साताभित्र देशभर मनसुन सक्रिय हुने विभागले जनाएको हो । विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार, अहिले...
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ । हाल देशको पश्चिम र मध्य भागमा...
बागमती प्रदेश प्रमुख देवकोटाद्वारा विश्व वातावरण दिवसको अवसरमा शुभकामना व्यक्त
हेटौंडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले विश्व वातावरण दिवसको अवसरमा शुभकामना सन्देश दिनुभएको छ । विश्व वातावरण दिवस अर्थात ५ जुन २०२५ को अवसरमा बागमती प्रदेश प्रमुख देवकोटाले शुभकामना जारी गर्दै बागमती प्रदेश, देश तथा विदेशमा रहनु भएको नेपालीहरुलाई वातावरणीय सचेतनायुक्त शुभकामना सन्देश दिनु भएको हो ।...
कान्तिलोकपथ सडक चार दिन बन्द, यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
काठमाडौं । मकवानपुरको बगुवा क्षेत्रमा बागमती खोलामा निर्माणाधीन बेलिब्रिज जडानको कामलाई प्राथमिकता दिँदै प्रशासनले कान्तिलोकपथ (काठमाडौं-हेटौंडा सडक) चार दिनका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै जेठ २१ देखि २४ गतेसम्म कान्तिलोकपथमार्फत हुने सवारी आवागमन स्थगित गरिने जनाएको हो। बगुवास्थित बागमती खोलामा...
मनसुनजन्य विपद् जोखिम न्यूूनीकरण तयारी : प्रधानमन्त्रीबाट जल तथा मौसम विज्ञान विभाग पुगेर जानकारी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आशन्न मनसुनको पूर्वानुमान र सम्भावित विपद् जोखिम न्यूनीकरणका विषयमा आज बबरमहलस्थित जल तथा मौसम विज्ञान विभाग पुुगेर जानकारी लिनुुभएको छ । यस वर्ष गत वर्षको भन्दा बढी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको अवस्थामा विभागको पूर्वानुमान÷सूचना प्रवाह कसरी भइरहेको छ र यसलाई थप प्रभावकारी...






