देशका पहाडी क्षेत्रमा सामान्य वर्षाको सम्भावना
काठमाडौ । आज दिउँसो देशका पहाडी क्षेत्रमा सामान्य बदली भई केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेकोले केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
आजराति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा सामान्य वर्षाको सम्भावना छ ।