आजदेखि मौसममा क्रमिक सुधार हुने

संवाददाता
२०८१ कार्तिक २०, मंगलवार ०८:२७

 

काठमाडौ । आजदेखि मौसममा केहि सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनको मौसम पूर्वानुमानअनुसार आज दिउँसोदेखि मौसम सुधार हुँदै जानेछ ।

तीनवटा वायुको प्रणाली एकसाथ सक्रिय हुँदा आइतवारदेखि शुरु भएको वर्षा हिजो पूर्वी, मध्यसहित पश्चिममा सक्रिय थियो । तर, पश्चिम बङ्गालआसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव घट्नुका साथै पश्चिमी र स्थानीय वायु पनि कमजोर बनेपछि आजदेखि वर्षा रोकिने मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार आज कोशी प्रदेश र देशका पहाडी भागमा मौसम बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम सफा रहनेछ ।

आज कोशी प्रदेश र अन्य पहाडी भागका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली थोरै ठाउँमा हिमपातको सम्भावना छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*