प्रदेश समाचार
बजेटप्रति असहमति चुलिंदै जाँदा बागमती प्रदेशसभा बैठक पुनः स्थगित
हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि प्रस्तुत गरेको बजेटमाथिको छलफल सुरु हुनुपर्ने प्रदेशसभा बैठक आज पुनः स्थगित भएको छ। दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक ४ बजेको लागि सारिएको थियो । ४ बजे पनि बैठक बस्न नसकेपछि विशेष कारण देखाउँदै १९ गते बिहान...
बागमती प्रदेश सभा स्थगित : बजेटमा पक्षपातको आरोप, कांग्रेसमै असन्तुष्टि
हेटौंडा । बागमती प्रदेश सभाको बैठक विशेष कारण देखाउँदै असार १६ गतेसम्मका लागि स्थगित गरिएको छ। आज बिहान ११ बजेका लागि बैठक तय भएको थियो । प्रदेश संसद सचिवालयले बैठक स्थगितको स्पष्ट कारण नखुलाए पनि स्रोतका अनुसार बजेटमा सत्तारूढ नेपाली कांग्रेसकै सांसदहरुको असन्तुष्टि जनाएको बताइएको छ । बुधबार साँझ...
प्रदेश प्रमुखद्वारा योग दिवसको अवसरमा शुभकामना व्यक्त
मकवानपुर । बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले अन्तर्राष्ट्रिय योग दिवस २०२४ को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना व्यक्त गर्दै स्वस्थ जीवनका लागि योगलाई जीवनशैलीमा आत्मसात गर्न आग्रह गर्नुभएको छ। योगको माध्यमबाट स्वस्थ जीवनशैली अपनाउन प्रेरणा मिलोस्...
हाइकिङ र धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्दै मकवानपुरको लटारम्मेश्वर
हेटौंडा । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–८ मा अवस्थित लटारम्मेश्वर महादेव मन्दिर पछिल्लो समय हाइकिङ र धार्मिक पर्यटनमा रुचि राख्ने पर्यटकहरूका लागि लोकप्रिय गन्तव्य बन्दै गएको छ। काठमाडौँ उपत्यकाको कोलाहल र प्रदूषणबाट टाढा शान्त, हरियाली वातावरणमा अवस्थित यो स्थलले प्रकृति र आस्थाको संगम अनुभूत गराउने विशेषता बोकेको छ। सामाजिक सञ्जालमार्फत...
सातवटै प्रदेशको बजेट पेस : बागमती सबैभन्दा ठूलो बजेटसहित अगाडि
हेटौंडा । नेपाल सरकार तथा सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आ–आफ्ना बजेट प्रस्तावहरू सार्वजनिक गरेका छन्। केन्द्रीय सरकारले बजेट प्रस्तुत गर्दै कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ विनियोजन गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले २०८२ जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा...
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई २ अर्ब ६३ करोड बजेट
हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई २ अर्ब ६३ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री कुण्दनराज काफ्लेले प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आधुनिक कृषि प्रणालीमार्फत उत्पादन वृद्धि र किसान सशक्तिकरणलाई प्राथमिकतामा राखिएको...
बागमती प्रदेशको ६७ अर्बको बजेट सार्वजनिकः पूर्वाधारमा जोड, सामाजिक क्षेत्रमा कम लगानी
हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सार्वजनिक बजेटमा भौतिक पूर्वाधारलाई उच्च प्राथमिकतामा राखिएको देखिए पनि शिक्षा, स्वास्थ्य, रोजगार र गरिबी निवारणजस्ता सामाजिक क्षेत्रमा अपेक्षाकृत कम लगानी गरिएको छ । सरकारले भौतिक...
बागमती प्रदेशमा ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजारको बजेट सार्वजनिक
हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजारको बजेट ल्याएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा ५ प्रतिशत बजेट वृद्धि गरेको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु तर्फ २६ अर्ब ४ करोड ४६...
बागमती प्रदेशको बजेट सार्वजनिकमा ढिलाइ
हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न तय गरिएको समयभन्दा ढिलाइ भएको छ। आइतबार साँझ ६:३० बजे प्रदेश सभामा बजेट पेश गर्ने भनिए पनि अन्तिम समयमा मन्त्रिपरिषद् बैठक सारिएपछि बजेट आउन ढिलाइ भएको हो । सरकारले बजेट स्वीकृत गर्ने उद्देश्यले बोलाएको मन्त्रिपरिषद् बैठक झन्डै दुई घण्टा...
बागमती प्रदेश सभा बैठक समय परिवर्तन, आज साँझ ६:३० बजे बस्ने
हेटौंडा । बागमती प्रदेश सभा बैठक आज आइतबार साँझ ६:३० बजेका लागि पुन: निर्धारण गरिएको छ। यसअघि दिउँसो ३:०० बजेका लागि तय गरिएको बैठक विशेष कारणवश स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। सभामुख भुवनकुमार पाठकले प्रदेश सभा नियमावली २०७४ को नियम ६ को उपनियम (३) अनुसार बैठकको नयाँ...






