समाचार

अटोको ठक्करबाट ६८ वर्षीय राईको मृत्यु

हेटौडा उपमहानगरपालिका वडा नम्बर ६, चौघडाबजार स्थित कान्तिलोकपथ सडक खण्डमा सोमबार बिहान एक दुःखद दुर्घटना घटेको छ। हेटौडा बजारबाट चुच्चेखोला तर्फ जाँदै गरेको ना २ ह २६९२ नम्बरको अटोले सडक पार गर्दै गरेका एक पैदल यात्रीलाई ठक्कर दियो। दुर्घटनामा परी ६८ वर्षीय जनक राईको घटनास्थलमै मृत्यु भएको जानकारी जिल्ला...

हेटौंडाको नेपाल विद्युत प्राधिकरण केन्द्रिय वर्कशपमा आगोलागी

हेटौंडा । हेटौंडा–५ भैरबरोड स्थित नेपाल विद्युत प्राधिकरण केन्द्रिय वर्कशपमा आगोलागी भएको छ । भैरवरोड हेटौडाको पुरानो सामान राखेको स्थानमा अचानक आगोलागि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले बताए । उक्त आगो नेपाल प्रहरी, हेटौडा उपमहानगरपालिकाको नगर प्रहरी, विद्युत प्राधिकरणका कर्मचारी र हेटौडा उपमहानगरपालिकाको २...

मंसिर १८ गतेदेखि बारामा ‘ कृषि एक्स्पो गढीमाई -२०८१ ’ हुने, १५० भन्दा बढी स्टलहरु रहने

बारा । कनेक्ट किसानको आयोजनमा मंसिर १८ गतेदेखि २४ गतेसम्म बारामा ‘ कृषि एक्स्पो गढीमाई – २०८१ ’ हुने भएको छ । ५ वर्षको अन्तरालामा लाग्ने गढीमाई मेलामा सहभागी जनाउन आउने भक्तजन र उर्भर भूमि तराईमा खेती गर्दै आएका किसानहरुलाई प्रविधि र बजारसँग जोड्ने उदेश्यले किसान, व्यवसायी, कृषि विज्ञ,...

हेटौंडा ३ तिनताप्केबाट ७१ किलो लागुऔषध गाँजा सहित २ जना पक्राउ

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ स्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्ड तिनताप्केबाट ७१ किलो लागुऔषध गाँजा सहित २ जना प्रहरीले पक्राउ परेका छन् । गाडीको चालक बस्ने सिट मुनी लुकाई छिपाई गरी राखी ल्याईएको अवस्थामा ७१ किलो ७ सय ग्राम लागुऔषध गाँजा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी...

बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्यमा चारजनाको नियुक्ति

हेटौँडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्यमा चारजनाको नियुक्ति गरिएको छ। सो नियुक्ति सोमबार बसेको मन्त्रिपरिषद बैठकबाट गरिएको हो । जसमा दुई महिलासहित चार सदस्यको नाम सार्वजनिक गरिएको छ। नियुक्त सदस्यहरूमा ललितपुरका रवि महर्जन, मकवानपुरका संगीत श्रेष्ठ, चितवनकी नविना खनियाँ र रामेछापकी कल्पना खड्का रहेको सरकारका प्रवक्ता आन्तरिक...

उद्योगहरूमा बिजुलीको लाइन नकाट्ने नेपाल विद्युत् प्राधिकरणको निर्णय

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा बिजुलीको लाइन नकाट्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा आज बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेकाे हाे । उक्त बैठकले वैकल्पिक बाटो प्रयोग गरेर पैसा उठाउने तर तत्काल उद्योगमा बिजुली नकाट्ने निर्णय गरेको हो । हिजो...

नारायणगढ/मुग्लिन सडकखण्डमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

हेटौंडा। नारायणगढ/मुग्लिन सडकखण्डमा आइतबार राति भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुर जिल्लाका २ जना पनि रहेको खुल्न आएको छ । चितवनको इच्छाकामना नौकिलोमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।चामल बोकेको ट्रक पल्टिँदा...

उपनिर्वाचन हुने स्थानमा सार्वजनिक बिदा दिने आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानमा सार्वजनिक बिदा दिने भएको छ । यहि मंसिर १६ गते हुन लागेको उपनिर्वाचनको अवसर आयोगले सार्वजनिक बिदा दिन लागेको हो । उपनिर्वाचन हुने स्थानका स्थानीय तह र वडा कार्यालयमा मतदानको दिन सार्वजनिक बिदा दिन व्यवस्था गर्न आयोगले निर्देशन दिइएको छ। मतदान स्थलको...

बागमती प्रदेश सरकारद्वारा उद्योग दिवसको अवसरमा १४ उद्यमी सम्मान

हेटौंडा । बागमती प्रदेश सरकारले १०औं उद्योग दिवसको अवसरमा प्रदेशका १४ उत्कृष्ट उद्यमीलाई सम्मानित गरेको छ। यस अवसरमा घरेलु तथा साना उद्योग क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउने उद्यमीहरुलाई प्रोत्साहन स्वरूप नगद पुरस्कारसहित सम्मान गरिएको हो। बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयले प्रदेशका १३ जिल्लाबाट एकरएक उत्कृष्ट उद्यमीलाई सम्मान...

जिल्लामै पहिलो पटक सर्वाधिक राशिको क्रिकेट प्रतियोगिता हुदैं

हेटौंडा। नेपाल मुस्लिम इत्तेहाद सङ्गठन जिल्ला कमिटी मकवानपुरले टि–१० क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको छ । जिल्लामै पहिलो पटक सर्वाधिक राशिको क्रिकेट प्रतियोगिता हुन लागेको सङ्गठनले आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । प्रतियोगिता यही मङ्सिर १२ गतेदेखि १५ गतेसम्म हेटौँडा–४, हुप्रचौरमा सञ्चालन हुने भएको छ । प्रतियोगितामा...