चितवनमा रवि लामिछानेविरुद्धको दोस्रो दिनको बयान सुरु
काठमाडौं । सहारा चितवन सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको दोस्रो दिनको बयान सुरु भएको छ ।
सरकारी वकिलको कार्यालयमा जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेलको रोहबरमा लामिछानेको दोस्रो दिनको बयान सुरु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले आज बयान सक्ने तयारी रहेको बताए ।
चितवनमा पनि सहकारी ठगीको उजुरी परेपछि लामिछानेलाई मंगलबार बिहान चितवन लगेर बयान लिइए पनि सकिएको थिएन ।
चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा लामिछानेविरुद्ध गत मंसिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो ।