समाचार
काठमाडौं । आज दासत्व र ‘ट्रान्सएटलान्टिक’ दास व्यापारपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस मनाउँदै छ । सन् १८०७ मा संयुक्त अधिराज्यमा दास व्यापार उन्मूलन ऐन पारित भएको सम्झनामा सन् २००७ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन थालिएको हो । विशेषगरी अफ्रिकी मुलुकहरूबाट श्रमका लागि संयुक्त अधिराज्य, अमेरिकालगायत विकसित राष्ट्रले मानिसलाई...
एमाले भीमफेदी-काठमाडौं पालिका सम्पर्क मंचको सम्मेलन सम्पन्न
काठमाडौं । नेकपा (एमाले) भीमफेदी-काठमाडौं पालिका सम्पर्क मंचको पहिलो सम्मेलन आज सनिवार सम्पन्न भएको छ । काठमाडौंको बागबजार स्थित मकवानपुर जिल्ला सम्पर्क मंचको कार्यालयमा आयोजित सम्मेलनले युके मैनालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कमिटी निर्माण गरेको जिल्ला सम्पर्क मंचको अध्यक्ष चित्र बहादुर पुलामीले बताउनु भयो । सम्मेलनबाट उपाध्यक्षमा बि. हटुवाल,...
गर्मी महिनाको सुरुवातीसँगै पर्यटकीय गन्तव्यको केन्द्र बन्दै जलबिरे झरना
चितवन । इच्छाकामना गाउँपालिका–६ स्थित लामो झरनामा जाडो महिना सकिएर गर्मीको सुरुवातसँगै पर्यटकहरूको आगमन बढ्न थालेको छ। मुग्लिनबाट नारायणगढ तर्फ सात किलोमिटरको दूरीमा अवस्थित यो झरना, पछिल्ला केही वर्ष यता पर्यटहरुको गन्तव्यको केन्द्र बनिरहेको छ । नारायणघाट – मुग्लिन सडकखण्डबाट १५ मिनेटको पैदल पश्चात् पुगिने झरनामा गर्मी महिनामा पर्यटकको...
बागमती प्रदेशको खर्च निराशाजनक
हेटौंडा । बागमती प्रदेशको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आर्थिक बर्ष २०८१/८२ को साउनदेखि फागुन महिनासम्ममा कूल बजेटको करिब २५ दशमलव ६२ प्रतिशत मात्र खर्च गर्न सकेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सत्यालका अनुसार चालु आवका लागि प्रदेश सरकारले ६४...
गोदावरी साहित्यमा नवराज सञ्जेलको नेतृत्व
ललितपुर । गोदावरी साहित्य परिषद्को सातौं वार्षिक साधारण सभा, तेस्रो अधिवेशन तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । ललितपुरको बडिखेलस्थित सामुदायिक पुस्तकालय स्रोत केन्द्रमा सम्पन्न अधिवेशनबाट नवराज सञ्जेलको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । निर्वाचन समितिका संयोजक श्याम प्रसाद घिमिरेका अनुसार समितिको अध्यक्षमा नवराज सञ्जेल, उपाध्यक्षमा...
रानाभाट / भाट समाज नेपाल घिरिङको अध्यक्षमा मोहन रानाभाट चयन
तनहुँ । रानाभाट / भाट समाज नेपाल घिरिङ गाउँपालिका समितिको छैटौं पालिका अधिवेशन आज सम्पन्न भएको छ । ‘ हाम्रो प्रतिवद्धता सामाजिक सद्भाव एवं रानाभाट / भाट बन्धुहरुबीच एकता ’ भन्ने मूल नारासहित स्थापना भएको रानाभाट / भाट समाज घिरिङ गाउँपालिका समितिको अध्यक्षमा मोहन रानाभाट सर्वसम्मत चयन भएका छन्...
संघीयताको विकल्प होइन सबलीकरण गर्नुपर्छ : सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले संघीयताको विकल्प खोज्नुभन्दा यसलाई सबलीकरण गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित सङ्घीयता सबलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालहरूमा छलफल कार्यक्रममा उनले संघीयता बलियो बनाउन अन्तर प्रदेश परिषद्, अन्तर सरकारी वित्त परिषद् र राष्ट्रिय समन्वय परिषद् जस्ता फोरमहरुलाई क्रियाशील बनाउनुपर्ने भन्दै अबको...
आजदेखि एसइई सुरु
हेटौंडा। आजदेखि एसइई सुरु भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसइई) बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो । पहिलो दिन आज अनिवार्य अंग्रेजीको परीक्षा भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का अनुसार यसपटक ५ लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन्...
बारबरा फाउण्डेसनद्दारा ‘ खोजमूलक पत्रकारिता पुरस्कार -२०८२ आह्वान
काठमाडौं । बारबरा फाउण्डेसनबाट प्रदान गरिने ‘ पत्रकारिता पुरस्कार – २०८२ ’ का लागि इच्छुक व्यक्तिलाई आह्वान गरिएको छ । पत्रकारिता जगतले गर्ने अनुसन्धानमूलक पत्रकारिताले सुशासनको खोजी र कानूनको शासनको थिती बसाल्न पुर्याउँदै आएको योगदान सर्वविदितै भएकाले उक्त पुरस्कारका लागि आह्वान गरिएको फाउण्डेसनद्वारा जारी सूचनामा जनाइएको छ । सोही...
गरीबी निवारण र आत्मनिर्भरतालाई साना तथा घरेलु उद्योगले बढावा दिएको छ : प्रदेश प्रमुख देवकोटा
हेटौंडा । स्थानीय स्रोत साधन र कच्चा पदार्थको प्रयोग, कृषि र उद्यमको परस्पर निर्भरता, स्वरोजगार तथा रोजगारी सिर्जनामार्फत् गरीबी निवारण र आत्मनिर्भरतालाई साना तथा घरेलु उद्योगले बढावा दिएको बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बताउनु भएको छ । नेपालको लघु, घरेलु तथा साना उद्योगहरूको प्रबर्द्धन र संरक्षणका लागि समर्पित...










