एमाले भीमफेदी-काठमाडौं पालिका सम्पर्क मंचको सम्मेलन सम्पन्न

संवाददाता
२०८१ चैत्र ९, आईतवार १७:४२

काठमाडौं । नेकपा (एमाले) भीमफेदी-काठमाडौं पालिका सम्पर्क मंचको पहिलो सम्मेलन आज सनिवार सम्पन्न भएको छ । काठमाडौंको बागबजार स्थित मकवानपुर जिल्ला सम्पर्क मंचको कार्यालयमा आयोजित सम्मेलनले युके मैनालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कमिटी निर्माण गरेको जिल्ला सम्पर्क मंचको अध्यक्ष चित्र बहादुर पुलामीले बताउनु भयो ।

सम्मेलनबाट उपाध्यक्षमा बि. हटुवाल, सचीवमा राज कुमार थापा मगर, उपसचिवमा उकेश खड्का तथा कोषाध्यक्षमा कल्पना राना निर्वाचित हुनु भएको छ । सम्मेलन सत्तारुढ दलका मुख्य सचेतक महेश कुमार बर्तौलाको प्रमुख आतिथ्यतामा तथा पालिका संयोजक आशिष अस्लामीको अध्यक्षतामा सम्पन्न भएको हो । सम्मेलनमा बागमती प्रदेश सम्पर्क मंचको अध्यक्ष अशोक कुमार ठकुरी, उपसचिव सरिता जिरेल, मकवानपुर जिल्ला सम्पर्क इन्चार्ज भद्र बहादुर गोले, जिल्ला अध्यक्ष चित्र बहादुर पुलामी, उपाध्यक्ष महेन्द्र बहादुर थीङ लगायतको उपस्थिति रहेको थियो ।

मुख्य सचेतक बर्तौलाले सम्मेलनमा – सबै राजनीतिक पार्टीहरु बहुदलीय प्रतिस्पर्धामा आधारित लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा सहभागी हुनु नै एमाले लिएको नीति जबज सबैले स्वीकारेको र स्थापित नीति रहेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*