समाचार
राजावादीहरुले गरे नेकपा एसको केन्द्रीय कार्यालय तोडफोड
काठमाडौं । राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरिएको छ । प्रदर्शनकारीहरुले नेकपा एसको कार्यालय आलोकनगर पुगेर तोडफोडमा उत्रिएका हुन् । प्रदर्शनकारीहरु नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचरहरु फुटाएका हुन् । त्यस्तै प्रदर्शनकारीरुले उक्त कार्यालय अगाडि आगजनी समेत गरेका छन् । प्रदर्शनकारीहरुले तीनकुने क्षेत्रका...
जनतालाई पैतालामुनी राखेर हैकम चलाउनेहरुको अन्त्य जरुरी छ : विप्लव
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनतालाई पैतालामुनी राखेर हैकम चलाउने सामन्तीहरुको अन्त्य आवश्यक रहेको औंल्याएका छन् । शुक्रबार समाजवादी मोर्चाले काठमाडौंमा गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले नेपालीहरुलाई प्रभुहरुको र सामन्तहरुको खाँचो नभएको बताएका हुन् । उनले भने, ‘नेपाली जनता गणतन्त्रसँग गौरव गर्छन । केही मान्छेहरुले...
तीनकुनेमा प्रदर्शनकारीलाई गोली लाग्यो, प्रहरीको टाउकोमा चोट
काठमाडौं । राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनमा एक प्रदर्शनकारीलाई गोली लागेको छ । प्रहरीले हानेको रबर गोलीले घाइते भएका प्रदर्शनकारीलाई कान्तिपुर अस्पतालमा भर्ना गरिएको छ ।तीनकुने कै प्रदर्शनमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो ।सोही क्रममा...
राजावादीहरुको आमसभा विथोलियो, घरमा लागेको आगो नियन्त्रणको प्रयास
काठमाडौं । काठमाडौंको तीनकुनेमा सुरु भएको राजवादीहरुको प्रदर्शन विथोलिएको छ । राजसंस्था पक्षधर प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरिएपछि आम सभा अझै सुरु हुन सके छैन । आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो भने केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि भएको थियो । त्यसपछि एक घरमा राजावादीहरूद्वारा आगजनी...
आगो निभाउन तीनकुने पुगेको दमकलमाथि प्रदर्शनकारीको अवरोध
काठमाडौं । तीनकुनेस्थित एक घरमा राजावादीहरूद्वारा आगजनी गरिएको छ । आगजनी सुरु भएको ढिलागरी दमकल पुगेपनि आगो निभाउन भने सकेन् । राजावादीहरूको प्रदर्शन बिथोलिएपछि प्रदर्शनकारीहरुले तीनकुनेस्थित मार्बल हाउसमा आगजानी गरेका थिए । तर दमकललाई प्रदर्शनकारीले प्रवेश नै नदिएको नेपाल न्यूज बैंकका प्रतिनिधि सरोज शाहीले तीनकुने स्थलबाट जानकारी दिए ।...
राजावादीद्वारा व्यक्तिकाे घर तोडफोड
काठमाडौं । काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शनमा अवस्था तनावग्रस्त बनेको छ । अहिले त्यहाँ प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको छ । त्यहाँ समर्थकहरूले तीन व्यक्तिका घर पनि तोडफोड गरेका छन् । अवस्था तनावग्रस्त भएपछि तीनकुनेमा राजावादीको कार्यक्रम बिथोलिएको छ । राजावादीहरूको प्रदर्शन बिथोलिएपछि नेताहरू कार्यक्रमस्थल छाडेर...
आजबाट एसईई सम्पन्न
हेटौंडा । आजबाट माध्यमिक शिक्षा परिक्षा (एसईई) सम्पन्न भएकाे छ । २०८१ साल चैत ७ गतेबाट सुरू भएकाे एसईई शुक्रबार समाप्त भएकाे हाे । आज अन्तिम दिन ऐच्छिक द्वितियसँगै एसईई परीक्षा सकिएकाे हाे । तस्बिरहरु :
मुख्य सडकमै ठडियो समाजवादी मोर्चाको मञ्च, सवारी साधन डाइभर्ट (तस्बिरहरू)
हेटौंडा । आज चैतको १५ गते काठमाडौमा गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरले प्रदर्शन गरिरहेका छन् । समाजवादी मोर्चाले मुख्य सडकमै आफ्नो मञ्च ठडाएको छ । सडकमै मञ्च ठडाएको हुनाले सवारी साधन डाइभर्ट भएका छन् । तस्बिरहरु :
छुट्टाछुट्टै प्रदर्शनले काठमाडौंमा यातायात आवागमन अस्तव्यस्त (तस्बिरहरू)
हेटौंडा । काठमाडौंमा आज गणतन्त्र पक्षधर र राजावादी समूहले प्रदर्शन गरेका छन् । छुट्टाछुट्टै प्रदर्शनले काठमाडौंमा यातायात आवागमन अस्तव्यस्त बनिरहेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डपमा र राजतन्त्र पक्षधरलाई तीनकुनेमा विरोध सभा गर्न अनुमति दिएको छ । प्रदर्शनकाे कारण काठमाडौ उपत्यकामा आवत जावत गर्ने सार्वजनिक सवारी ...
मकवानपुरमा बस र म्याजिक भ्यान ठोक्किँदा एक जनाको मृत्यु
हेटौंडा । मकवानपुरमा बस र म्याजिक भ्यान ठोकिँदा आज बिहान एक जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ लोथर बजारस्थित पूर्वपश्चिम सडक खण्डमा चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको बा प्र ०३–००६ ख ५६८१ नबरको बस र मनहरीबाट चितवन तर्फ जाँदै गरेको बा प्र ०३–००१ च ३०१२...










