तीनकुनेमा प्रदर्शनकारीलाई गोली लाग्यो, प्रहरीको टाउकोमा चोट

संवाददाता
२०८१ चैत्र १४, शुक्रबार १५:४४

काठमाडौं । राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनमा एक प्रदर्शनकारीलाई गोली लागेको छ ।
प्रहरीले हानेको रबर गोलीले घाइते भएका प्रदर्शनकारीलाई कान्तिपुर अस्पतालमा भर्ना गरिएको छ ।तीनकुने कै प्रदर्शनमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो ।सोही क्रममा झडपका क्रममा ७ जना सशस्त्र प्रहरी घाइते भएको छ । उनीहरुलाई पनि कान्तिपुर अस्पतालमा भर्ना गरिएको छ । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि तीनकुने क्षेत्र तनावग्रस्त छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*