जनतालाई पैतालामुनी राखेर हैकम चलाउनेहरुको अन्त्य जरुरी छ : विप्लव

संवाददाता
२०८१ चैत्र १४, शुक्रबार १५:५३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनतालाई पैतालामुनी राखेर हैकम चलाउने सामन्तीहरुको अन्त्य आवश्यक रहेको औंल्याएका छन् ।
शुक्रबार समाजवादी मोर्चाले काठमाडौंमा गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले नेपालीहरुलाई प्रभुहरुको र सामन्तहरुको खाँचो नभएको बताएका हुन् ।

उनले भने, ‘नेपाली जनता गणतन्त्रसँग गौरव गर्छन । केही मान्छेहरुले केही तत्वहरुले अहिले फेरी गणतन्त्र उल्टाएर राजतन्त्रको वकालत गरिरहेका छन् । राजतन्त्र फर्काउने कुरा गरिरहेका छन् । हामी चुनौती दिन चाहन्छौ यहाँ प्रभुहरुको खाँचो छैन । हामीलाई सामन्तहरुको खाँचो छैन् । जनतालाई पैतालामुनी राखेर हैकम चलाउने सामान्तको खाँचो छैन् । धेरै त्याग गरेर परिवर्तन यहाँसम्म आएको छ । तर हामीलाई यही पूँजीवाद पनि खप्न गाह्रो भएको छ । पूँजीपतिहरुले नेपाली जनताको वलिदान र त्यागबाट आएको परिवर्तनमा कब्जा जमाएर नेपाली जनतामाथि दमन गरिरहेका छन् ।’
उनले सामन्ती तत्वहरुका बचेकुचेका तत्वहरुले षड्यन्त्र गरेर गणतन्त्रको विरुद्धमा चलिरहेको भन्दै गणतन्त्रसम्म आउँदा जनताको सबै आकांक्षा पूरा भएको आफूले बुझेको पनि बताए ।

‘हराइएका, जनताको बलद्वारा धुलो पारिएका सामन्ती तत्वहरुका बचेकुचेका तत्वहरुले षड्यन्त्र गरेर गणतन्त्रको विरुद्धमा चलिरहेका छौं । हामी गणतन्त्रसम्म आएका छौं, तर जनताको सबै आकांक्षा पूरा भएको छैन्, हामीले बुझेका छौं,’ उनले भने । यस्तै उनले नेपालको राजनीतिक यात्रा गर्दै आउँदा चौबाटोमा आइपुगेको र नेपाली जनताले सही बाटो रोज्नुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*