रानाभाट / भाट समाज नेपाल घिरिङको अध्यक्षमा मोहन रानाभाट चयन

निराज रानाभाट
२०८१ चैत्र ९, आईतवार १४:१९

तनहुँ । रानाभाट / भाट समाज नेपाल घिरिङ गाउँपालिका समितिको छैटौं पालिका अधिवेशन आज सम्पन्न भएको छ । ‘ हाम्रो प्रतिवद्धता सामाजिक सद्भाव एवं रानाभाट / भाट बन्धुहरुबीच एकता ’ भन्ने मूल नारासहित स्थापना भएको रानाभाट / भाट समाज घिरिङ गाउँपालिका समितिको अध्यक्षमा मोहन रानाभाट सर्वसम्मत चयन भएका छन् । आज सम्पन्न समाजको छैटौं पालिका अधिवेशनले मोहन रानाभाटको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको हो । समाजको कार्य समिति उपाध्यक्षमा वृद्वि बहादुर रानाभाट, महिला उपाध्यक्षमा विष्णु माया रानाभाट, सचिवमा अस्मिता रानाभाट, सह – सचिवमा पुर्ण माया रानाभाट र कोषध्यक्षमा विष्णु माया रानाभाट चयन भएका छन् । यसैगरी, समाजको कार्य समितिका सदस्यहरुमा अमृता रानाभाट, मदन रानाभाट, मन रानाभाट, होम बहादुर रानाभाट, श्रीमाया रानाभाट, नानि माया रानाभाट र मिना रानाभाट रहेका छन् ।

रानाभाट / भाट समाज नेपालको स्थापना वि.स. २०४९ सालमा भएको हो । अहिले घिरिङ गाउँपालिकामा मात्रै १ सय ६० जना रानाभाटको घरधुरी र १ हजार भन्दा बढी जनसंख्या रहेको छ । सोही कार्यक्रममा समाज भित्रका ४ जना जेष्ठ नागरिक, विभिन्न संघ / संस्थाको अध्यक्ष पदमा रहेका सुर्य रानाभाट, विष्णु माया रानाभाट, विष्णु माया रानााट, टंक रानाभाट, लोक सेवा तर्फ शिक्षा अधिकृतमा सफल भएका विजय रानाभाट, स्थानिय तहमा विजयी भएका तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर – ४ का वडा सदस्य मन बहादुर रानाभाट र घिरिङ गाउँपालिका वडा नम्बर – ४ का पुर्व कार्यपालिका सदस्य धनकुमारी रानाभाटलाई सम्मान गरिएको छ ।

त्यस्तै, अधिवेशनका प्रमुख अतिथि समेत रहेका समाजका केन्द्रीय सल्लाहकार मुरारी रानाभाटले रानाभाट जातीलाई संविधानमा सुचिकृत गर्नु पर्ने भन्दै इतिहासको ड्राफ्ट राष्ट्रिय समावेशी आयोगमा समेत बुझाइएको बताए । रानाभाटले सुचिकरणका लागि अहिले रानाभाट समाज अन्तिम चरणमा पुगेको बताए । केहीले क्षेत्री, केहीले ब्राह्मण जाती लेखिदिने गरेको भन्दै रानाभाट / भाटहरुको आफ्नै ठोस जातीय पहिचानका लागि केही समय अघि समाजले विज्ञप्ती समेत सार्वजनिक गरेको थियो । त्यसैगरी, अधिवेशनमा रानाभाट / भाट समाज नेपालका प्रदेश उपाध्यक्ष प्रेम बहादुर रानाभाट, जिल्ला अध्यक्ष बेल बहादुर रानाभाट, उपाध्यक्ष सन्दिप रानाभाट, मन प्रसाद रानाभाट, विर बहादुर रानाभाट, रूक बहादुर रानाभाट, सुर्य रानाभाट, इन्द्रजित रानाभाटलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यस्तै, कार्यक्रममा रानाभाट / भाट समाज नेपालका जिल्ला कार्य समितिका सदस्य संसार रानाभाटले स्वागत मन्तव्य राखेका थिए, भने घिरिङ गाउँ कमिटिका अध्यक्ष टंक लाल रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघ / संस्थामा आबध्द रानाभाट / भाटको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*