आजदेखि एसइई सुरु
५ लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी

हेटौंडा। आजदेखि एसइई सुरु भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसइई) बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो ।
पहिलो दिन आज अनिवार्य अंग्रेजीको परीक्षा भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का अनुसार यसपटक ५ लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।
गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ ।
परीक्षाका लागि २०७९ परीक्षा केन्द्र तोकिएको छ । १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ ।
यस वर्षको एसइई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।