समाचार

मेयर साहको राहदानी रोक्का र तत्काल पक्राउ गर्न माग गर्दै साइबर ब्युरोमा जाहेरी

काठमाडौं ।  नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध जाहेरी दिएको छ । बिहीवार दिउँसो युवा संघका नेताहरू साइबर ब्युरो पुगेर मेयर साहविरुद्ध जाहेरी दिएका हुन् । मयर साहले सामाजिक सञ्जाल फेसबुकमा केही दिन पहिला विभिन्न देश र नेपालका राजनीतिक दलहरूको नाम लिँदै आपत्तिजनक शब्दसहित स्टाटस...

हेटौंडामा बिरामीका आफन्तद्वारा चुरे हिल अस्पतालमा कार्यरत अर्थोपेडिक चिकित्सकमाथि हातपात

हेटौंडा। हेटौंडास्थित चुरे हिल अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशिल शाहमाथि बिरामीका आफन्तले हातपात गरेका छन्। बुधबार साँझ उपचारका क्रममा विवाद भएपछि हेटौंडा–११ निवासी अजित विडारीले डा। शाहलाई धकेलेर मुक्का प्रहार गरेका थिए। बिरामीलाई उपचारका लागि अस्पताल ल्याइएको केही मिनेटमै स्वास्थ्य बीमामार्फत उपचार गराउने विषयमा बिरामी पक्ष र चिकित्सकबिच...

एन्फामा पारदर्शीता र जवाफदेहितको माग गर्दै प्रदर्शन (तस्बिरसहित)

काठमाडौं ।  नेपाली फुटबलमा विगत केही वर्ष यता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध फुटबलका सरोकारवालाहरुले धर्ना दिएका छन् । बिहीवार बिहान अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक घण्टा धर्ना दिएका हुन् । उनीहरुले एन्फा मुख्यालमा धर्ना दिए । उनीहरुले एन्फा फुटबल एशोसिएशन की कन्सलटेन्सी,...

नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा झलनाथ खनाल पनि सहभागी

काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको नवगठित नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि सहभागी हुनुभएको छ । नयाँ पार्टी खोल्ने घोषणा गर्नुभएका पूर्वप्रधानमन्त्री खनाल पनि सो कार्यक्रममा सहभागी हुनुभएको हो । यसअघि आज बिहानै उहाँले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेट...

हाँसेर बोलिदिए मात्रै पुग्छ, हामी निःशर्त एमालेमा फर्किन्छौँः नेता श्रेष्ठ

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले आफू निःशर्त नेकपा एमालेमा फर्किन तयार रहेको बताउनुभएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीकी नेतृ रामकुमारी झाँक्रीसहित आफू एमालेमा कुनै शर्त बिना फर्किन तयार रहेको र आफूहरुलाई हाँसेर बोलिदिए पुग्ने जिकिर गर्नुभयो...

जेन–जी आन्दोलनमा ६ हजार राहदानी जले, दैनिक पाँच हजार राहदानीको माग

काठमाडौं । जेन–जी आन्दोलनपछि राहदानी बढाउनेको घुइँचो देखिएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभागमा बिहानैदेखि राहदानी बनाउन आउने गरेका छन् । भीड थेग्न विभागलाई हम्मेहम्मे परिरहेको विभागका अधिकारीहरु बताउँछन् । उनीहरुकाअनुसार यो भीड बढ्नुको कारण जेनजी आन्दोलनसँगै दशैँ तिहार पनि मुख्य कारक हो । जेन–जी आन्दोलनका कारण केही राहदानी जलेको...

बागमती प्रदेशसभा ठप्प: कांग्रेस–एमालेबीच सभामुख पदमा सहमति नजुट्दा बैठक बस्न सकेन

हेटौंडा । बागमती प्रदेशमा सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच सभामुख पदको भागबण्डा टुंगोमा नआउँदा प्रदेश सरकार सञ्चालनमै असर पर्न थालेको छ। राजनीतिक शक्ति सन्तुलनका हिसाबले संवेदनशील बनेको सभामुख पदका कारण प्रदेशसभा मात्र होइन, सरकारका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनसमेत ठप्प भएको छ। सभामुख भुवन कुमार पाठकले...

निर्वाचनका लागि ७९ प्रकारका सामग्री आवश्यकः १४ सामग्री खुला प्रतिष्पर्धाबाट किन्ने तयारी

काठमाडौं । गत २३ र २४ भदौको जेन–जी विद्रोहपछि गठित अन्तरिम सरकारले अगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको छ । निर्वाचनको वातावरणका लागि संवद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले राजनीतिक दल र जेन–जी प्रतिनिधिसँग समेत चरण चरणमा छलफल गरिरहेको छ । घोषित मितिमा निर्वाचन...

माधव नेपालको खोटका कारण पार्टी विलय हुँदैछ, नयाँ पार्टी निर्माण गर्ने प्रक्रियामा संकल्प लिएर अघि बढौँः झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनःगठनको घोषणा गर्नुभएको छ पार्टीका अध्यक्ष माधवकुमार नेपालका कारणले पार्टी विभाजित भएपनि पार्टी विलय नहुने जिकिर गर्नुभएको हो । नेता खनालले सम्पूर्ण नेता,कार्यकर्ताहरुलाई अन्य कुनै पार्टीमा प्रवेश नगरी स्वाभिमानका साथ पार्टी पुनर्गठनमा लाग्न आग्रह गर्नुभयो ।...

राष्ट्रपति पौडेल कतार प्रस्थान (तस्बिरसहित)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गर्नुभएको छ । सोमवार बिहान पौडेल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कतार प्रस्थान गर्नुभएको हो । कतारको दोहामा आयोजना हुने सेकेण्ड वल्र्ड समिट फर सोसियल डेभलपमेन्ण्ट कार्यक्रममा भाग लिन पौडेल कतार प्रस्थान गर्नुभएको हो । उहाँ कात्तिक १७ देखि २० गतेसम्म कतारमा रहनुहुनेछ...