समाचार

नेपाली काँग्रेस विगतमा भएका कमजोरीलाई स्वीकार गर्दै अघि बढ्छः पूर्णबहादुर खड्का

नेपाली काँग्रेसका कार्यावहक सभापति पूर्णबहादुर खड्काले आफ्नो पार्टीले विगतमा भएका कमीकमजोरी स्वीकार गर्दै अघि बढ्ने बताउनुभएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पार्टीको भ्रातृ संगठन नेपाल तरुण दलको ७३ औं स्थापना दिवसको अवसर पारेर एक कार्यक्रममा बोल्दै उहाँले विगतमा भएका कमीलाई स्वीकार गर्दै अघि बढ्ने बताउनुभएको हो...

मनहरीमा ग्यास बुलेट र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, दुईजना गम्भीर घाइते

मकवानपुर । मनहरी गाउँपालिका–७ लच्का स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय मनहरीका अनुसार आज कार्तिक १० गते बिहान चितवनबाट मनहरीतर्फ जाँदै गरेको बा.प्र.२–०५७ प ३२३० नं.को स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको NL01N0280 नं.को...

छठ पुजा व्रतविधि

काठमाडौं। कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी...

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै

काठमाडौँ । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको...

म देश र जनताप्रति बफदार छु, कसैलाई मन पर्नुरनपर्नु व्यक्तिगत कुरा होः ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश र जनताप्रति बफदार रहेको बताउनुभएको छ । जेन—जी आन्दोलनपछि पहिलो पटक आईतवार काठमाडौंमा सम्पादकहरुसँगको छलफल कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले देश र जनताप्रतिको निष्ठा आफ्नो मूल्य र मान्यता भएको उल्लेख गर्दै...

मैले प्रधानमन्त्रीमा कार्कीलाई सिफारिस गरेको भनेर दाहालले झुट बोलेः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गर्ने काम ओलीले गरेको भनेर झुट बोलेको बताउनुभएको छ । आईतवार सम्पादकहरुसँगको संवाद कार्यक्रममा बोल्दै उहाँले आफूले गर्दै नगरेको काम गर्‍यो भनेर दाहालले झुट बोलेको प्रष्टयाउनुभएको हो...

तिहारको मुखमा विदेशिने युवा भन्छन्ः अन्तरिम सरकारले देशमा रोजगारी सिर्जना गरोस्

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिने नागरिकहरुको चाप उल्लेख्य रूपमा बढेको छ । पछिल्लो केही दिन यता दैनिक हजारौँ यात्रु वैदेशिक गन्तव्यतर्फ गइरहेका छन् । विमानस्थल अध्यागमन कार्यालयकाअनुसार तिहारको मुखमा रोजगारी, अध्ययन र अन्य कारणले विदेशिनेको संख्या बढ्दो छ । अधिकांश यात्रु...

पार्टी महाधिवेशन मंसिरभित्रै हुनुपर्छः काँग्रेसका विशेष महाधिवेशन पक्षधर

काठमाडौं । नेपाली काँग्रेसका विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ताहरुले पार्टी महाधिवेशन अविलम्व हुनुपर्ने माग गरेका छन् । आईतवार बिहान काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हस्ताक्षर पक्षधरहरुले यस्तो माग गेका हुन् । उनीहरुले केन्द्रिय समितिले बैठक अस्वभाविक रुपमा लम्ब्याएको आरोप लगाएका छन् । महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यले केन्द्रिय समितिको बैठक अनिश्चित देखिनुले...

मकवानपुरगढीको इतिहास झाडीमा हराउँदै

हेटौंडा । मकवानपुरको चिनारीको रुपमा रहेको मकवानपुरगढी दरबार केवल पत्थरको संरचनामात्र होइन, नेपालको गौरवशाली इतिहासको एउटा अमूल्य दस्तावेज हो । लगभग तीन सय वर्षसम्म सेन वंशका राजाहरूले यस दरबारलाई आफ्नो राजधानीको रूपमा प्रयोग गरे । यो दरबार नेपाली इतिहासमा राजनीतिक, सांस्कृतिक र सैनिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिन्छ । तर...

हेटौँडा ३ लेवटमा रहेको श्री हंसलोक आश्रमद्धारा हेटौँडा उपमहानगरपालिकालाई आधुनिक एम्बुलेन्स प्रदान

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ लेवटस्थित श्री हंसलोक आश्रम नेपालले हेटौँडा उपमहानगरपालिकालाई आधुनिक एम्बुलेन्स प्रदान गरेको छ । हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना लामाले हंसलोक आश्रम नेपालबाट प्राप्त आधुनिक एम्बुलेन्सप्रति आभार प्रकट गर्दै उनले उक्त सहयोगलाई नगरवासीका लागि जीवनरक्षक भएको बताएकी छन् । । उनले यो केवल गाडी...