समाचार

काँग्रेसले भन्योः निर्वाचनको तयारी शुरु गर्छौं

नेपाली काँग्रेसका नेता श्यामकुमार घिमिरेले नेपाली काँग्रेस निर्वाचनको तयारीमा लाग्ने बताउनुभएको छ । सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बुधवार उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनमा जानबाट काँग्रेस पछि नहट्ने बताउनु भयो । लोकतान्त्रिक पार्टी भएकाले वर्तमान परिस्थितिमा निर्वाचनबाट भाग्ने कुरा नहुने बताउनु भयो । उहाँले सरकारले निर्वाचनको वातावरण...

जेन—जीका मागहरु अबको ६ वर्षपछि मात्रै पूरा हुन्छन्, सरकार निर्वाचन गराउने पक्षमा देखिँदैनः राजेन्द्र पाण्डे

नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जेन—जीका मागहरु अबको ६ वर्षपछि मात्रै पूरा हुने बताउनुभएको छ । सभामुख देवराज घिमिरेसँगको कुराकानीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । संसद विघटन नभएको भए अहिलेकै संसदबाट संविधान संशोधन गरेर मागहरु पूरा गर्न सकिने भएपनि त्यो अवस्था नरहेको बताउनु...

जेन-जीका माग पूरा नगरी संसद पुनःस्थापना गर्नु हुँदैनः ज्ञानबहादुर शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले जेन जीका माग पूरा नगरीकन संसद पुनःस्थापना गर्न नहुने बताउनुभएको छ । बुधवार सभामुखसँगको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले राप्रपाले सभामुख देवराज घिमिरेसँग जेन जीका माग पूरा नगरीकन संसद पुनःस्थापना गर्नु हुँदैन भनेर स्पष्ट धारणा राखेको बताउनु भयो । जेन...

सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन ध्यान देओस् : देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनको वातावरण बनाउनका लागि ध्यान दिनुपर्ने बताउनुभएको छ । जेन—जी आन्दोलनपछि पहिलो पटक मंगलवार पार्टी मुख्यालय सानेपामा सार्वजनिक हुनुभएका उहाँले पार्टी केन्द्रिय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्दै सो आवश्यकता औंल्याउनुभएको हो । सभापति देउवाले फागुन २१ गते निर्वाचनको...

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

काठमाडौं । मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकले नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । सभापति देउवाले सम्बोधन गरिसकेलगत्तै आजको बैठक स्थगित गरिएको छ । पर्सि फेरि बस्ने केन्द्रीय समितिको बैठकको अध्यक्षता खडकाले नै गर्ने महामन्त्री शर्माले...

काँग्रेस सभापति देउवा सार्वजनिक, केन्द्रिय समिति बैठकमा सहभागी

काठमाडौं ।  नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सार्वजनिक हुनुभएको छ । जनजी प्रदर्शनकारीहरुको कुटाईबाट गम्भिर घाइते हुनुभएका उहाँले पार्टी केन्द्रिय कार्य समिति बैठकमा सहभागी हुनका लागि भर्खरै पार्टी मुख्यालय सानेपामा सार्वजनिक हुनुभएको हो । बुढानिलकण्ठस्थित आफ्नै निवासमा जेनजी प्रदर्शनकारीहरुले देउवा र उहाँकी पत्नी एवं काँग्रेस नेतृ डा....

दलहरुले जेन–जी पुस्तासँग समेत संवाद गरेर संविधान परिवर्तन गर्नुपर्छ: काँग्रेस नेता भण्डारी

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीले मुलुक विषम राजनीतिक संकटबाट गुज्रिरहेको भन्दै पार्टीले मुलुक, लोकतन्त्र र जनताको हितलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । मंगलवार पार्टी केन्द्रिय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसले मुलुक, लोकतन्त्र र नागरिक अधिकारलाई प्राथमकिता दिँदै...

देउवा सार्वजनिक हुने भएपछि काँग्रेस मुख्यालय सानेपामा सुरक्षा व्यवस्था मजबुत

काठमाडौं । नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठकमा केहीबेरमा शुरु हुदैछ । जेन—जी आन्दोलनकारीहरुले आफ्नै निवासमा सांघातिक आक्रमणबाट घाइते हुनुभएका सभापति शेरबहादुर देउवा पनि सो बैठकमार्फत पहिलो पटक सार्वजनिक हुन लाग्नुभएको छ । सभापति देउवा बैठकमा सहभागी हुनेभएपछि नेपालीको काँग्रेसको मुख्यालयमा कठा सुरक्षा प्रवन्ध गरिएको छ । प्रहरीको साथ...

भाइटीकाको उत्तम साइत ११ः३९ बजे सार्वजनिक

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु...

सर्वोच्च अदालतमा रिट निवेदन दर्तासहित सबै सेवा सञ्चालनमा

काठमाडौं । सर्वोच्च अदालतमा रिट निवेदनसहित देवानी तथा फौजदारी मुद्दाहरू दर्ता तथा सुनुवाई शुरु भएको छ । सर्वोच्च अदालतले मंगलवारदेखि सबै सेवा सञ्चालनमा ल्याएको हो । सर्वोच्चले रिट निवेदन दर्ता गर्न शुरु गरेसँगै प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै रिट दायर भएको छ । मंगलवार बिहान सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरूद्ध...