मैले प्रधानमन्त्रीमा कार्कीलाई सिफारिस गरेको भनेर दाहालले झुट बोलेः ओली

संवाददाता
२०८२ कार्तिक ३, आईतवार १७:०७

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गर्ने काम ओलीले गरेको भनेर झुट बोलेको बताउनुभएको छ ।

आईतवार सम्पादकहरुसँगको संवाद कार्यक्रममा बोल्दै उहाँले आफूले गर्दै नगरेको काम गर्‍यो भनेर दाहालले झुट बोलेको प्रष्टयाउनुभएको हो । अध्यक्ष ओलीले राष्ट्रपतिको आग्रहमा गरेको सिफारिस प्रधानमन्त्रीमा कसैको नाम सिफारिस नगरेको पनि बताउनु भयो । अध्यक्ष ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गरेका भए प्रणाण देखाउन पनि दाहाललाई चुनौति दिनुभयो ।

उहाँले वर्तमान सरकार असंवैधानिक रहेको पनि दोहोर्‍याउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*