समाचार

एमालेसँग एकता नभए नयाँ पार्टी निर्माण हुन्छ– नेता खनाल

काठमाडौं । नेपालको वाम आन्दोलन फेरि एकपटक वैचारिक मोडमा उभिएको छ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमालेमा फर्कने सम्भावनालाई जोड दिँदै समाजवादी क्रान्तिको बाटो अपनाउनुपर्ने शर्त राख्नुभएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा एमालेप्रति माया रहे पनि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सुस्थिर चिन्तन नभएको भन्दै...

जेन–जी पुस्ता र माओवादी केन्द्रको धारणा साझा हुन्ः अग्नि सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता अग्निप्रसाद सापकोटाले जेन–जी पुस्ता र आफ्नो पार्टीबीच साझा धारणा रहेको दाबी गर्नुभएको छ । आईतवार पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले जेन–जीले उठाएका माग आफूहरुले यस अघि नै उठाएको माग भएको जिकिर गर्दै उनीहरुसँग आफ्नो पार्टीको सोच, विचार...

नियमित महाधिवेशनको माग गर्दै सानेपामा प्रदर्शन (तस्बिरसहित)

काठमाडौं । नियमित महाधिवेशनको माग गर्दै काँग्रेस पार्टी कार्यालय सानेपामा प्रदर्शन भएको छ । आईतवार दिउँसो सानेपास्थित नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालयमा नेपाल विद्यार्थी संघसहितका पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले युवाहरुको प्रतिनिधित्व सुनिश्चित गर्न, नेपाली काँग्रेस र हरेक तहको निर्वाचनमा ४० मुनिका ४० प्रतिशत युवालाई समावेश गर्न...

ढुङ्गा झरि कान्तिलोकपथ सडक खण्ड पूर्ण अवरुद्ध

हेटौँडा। मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखा स्थित कान्तिलोकपथ सडक खण्डमा सडक माथिबाट ठूला ढुङ्गा खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। आज बिहान ६ः५५ बजे माथिबाट ठूला ढुङ्गा खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो । घटनाबारे जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट जितपुर, मकवानपुरबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला...

माओवादी केन्द्रसँग पार्टी एकताबारे एकीकृत समावादीभित्र मतभिन्नता

काठमाडौं । नेकपा (एकीकृकत समाजवादी) र नेकपा माओवादीबीच पार्टी एकताबारे समाजवादीभित्र नेताहरुबीच मतभिन्नता देखिएको छ । पार्टीका केही नेताहरुले माओवादी केन्द्रसँग हतारमा पार्टी एकता गर्न नहुने धारणा राखेका छन् भने केही नेताहरुले सिद्धान्त र कार्यनीति मिल्ने पार्टीसँग पार्टी एकता गर्नु सकारात्मक पक्ष भएको धारणा राखेका छन् । एकीकृत समाजवादीका...

सात दिने सूचनाले सुकुम्वासीमा हलचल, बल प्रयोग गरे प्रतिवाद गर्ने सुकुम्वासी मोर्चाको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिका र उपत्यका विकास प्राधिकरणले धोबीखोला, वागमती लगायतका नदी किनारका अवैधानिक संरचना हटाउन सात दिने सूचना जारी गरेपछि सुकुम्वासी समुदायले विरोध जनाएको छ। संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका महासचिव अर्जुन कुँवरले उक्त सूचना कानूनी प्रक्रिया र सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका विपरीत रहेको भन्दै नमान्ने घोषणा गर्नुभएको छ।...

थापाथली क्षेत्रमा महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीको कालमोचनस्थित राममन्दिर परिसरमा बनेका व्यावसायिक टहराहरू भत्काएको  छ । शुक्रवार महानगरपालिकाले उक्त क्षेत्रमा बनेका टहराहरू डोजर चलाएर हटाएको हो । यि संरचनाहरु गुठी संस्थानको जग्गा हडपेर बनाइएको थियो । गुठी संस्थानको जग्गा हडपेर अस्थायी घर तथा संरचना बनाइएको महानगरपालिकाले जनाएको छ । महानगरकाअनुसार यी...

महानगरले शुरु गर्‍यो सामुदायिक कुकुरको वन्ध्याकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक कुकुरको वन्ध्याकरण कार्यक्रम शुरु गरेको छ । महानगरभित्रका ३२ वडामा रहेका सामुदायिक कुकुरहरूको बन्ध्याकरणका लागि पाँचवटा संघसंस्थासँग सम्झौता भइसकेको छ । छनोट भएका ती संघसंस्थालाई विभिन्न वडा विभाजन गरी कार्यादेश दिइसकिएको बताइएको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि महानगरपालिकाले सामुदायिक कुकुर र बिरालोलाई...

काठमाडौंको सार्वजनिक जग्गा खालि गर्न ७ दिनको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरितका संरचना खाली गर्न सात दिनको अल्टिमेटम दिएको छ । काठमाडौं महानगर र काठमाडौं उपत्यका विकास प्राधिकरणले (आज) शुक्रवार संयुक्त रूपमा सार्वजनिक सूचना जारी गर्दै यस्तो अल्टिमेटम दिएको हो । महानगर र प्राधिकरणले असोज २ गते बसेको संयुक्त बैठकले अतिक्रमित...

राष्ट्रिय सभामा रिक्त हुने सदस्यको निर्वाचन आगामी माग ११ गते हुने

राष्ट्रियसभा रिक्त सदस्यको निर्वाचन आगामी माग ११ गते हुनेराष्ट्रिय सभा रिक्तसदस्यको निर्वाचन आगामी माग ११ गते हुने भएको छ । बुधबार अपरान्हसिंहदरवारमा बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रिय सदस्यमा रिक्त रहेको सदस्य पदकोनिर्वाचनको मिति तय गरेको हो । राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि२०८२ माघ ११ गते आईतबारका दिन निर्वाचनको मिति...