काठमाडौंको सार्वजनिक जग्गा खालि गर्न ७ दिनको अल्टिमेटम
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरितका संरचना खाली गर्न सात दिनको अल्टिमेटम दिएको छ ।
काठमाडौं महानगर र काठमाडौं उपत्यका विकास प्राधिकरणले (आज) शुक्रवार संयुक्त रूपमा सार्वजनिक सूचना जारी गर्दै यस्तो अल्टिमेटम दिएको हो । महानगर र प्राधिकरणले असोज २ गते बसेको संयुक्त बैठकले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरितका संरचना खाली गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम आज सूचना जारी भएको हो ।
महानगर क्षेत्र भित्र र सीमाना जोडिएका जग्गा खाली र संरचना हटाउन सूचना जारी भएको हो ।











