हेटौंडामा बिरामीका आफन्तद्वारा चुरे हिल अस्पतालमा कार्यरत अर्थोपेडिक चिकित्सकमाथि हातपात

संवाददाता
२०८२ कार्तिक २१, बिहीबार १२:३२

हेटौंडा। हेटौंडास्थित चुरे हिल अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशिल शाहमाथि बिरामीका आफन्तले हातपात गरेका छन्। बुधबार साँझ उपचारका क्रममा विवाद भएपछि हेटौंडा–११ निवासी अजित विडारीले डा। शाहलाई धकेलेर मुक्का प्रहार गरेका थिए।

बिरामीलाई उपचारका लागि अस्पताल ल्याइएको केही मिनेटमै स्वास्थ्य बीमामार्फत उपचार गराउने विषयमा बिरामी पक्ष र चिकित्सकबिच विवाद भएको प्रहरी हवल्दार रवि लोप्चनको भनाइ छ । डा. शाहले बिरामीको घाउ सफा गरेर टाँका लगाउनुअघि एक दिन अब्जरभेसनका लागि अस्पताल भर्ना हुनुपर्ने सल्लाह दिएको र उक्त विषयमा आफन्तहरूले विवाद गरेको प्रहरी हवल्दार लोप्चनले बताए छन् ।

लडेर कुहिनोमा सामान्य चोट लागेकी सुरक्षा कँडेललाई राजु विडारीले उपचारका लागि चुरे हिल अस्पताल, हेटौंडा ल्याएका थिए। इमर्जेन्सीमा ड्युटीमा रहेका डा। सचिन दासले अर्थोपेडिक सर्जन आवश्यक भन्दै डा. सुशिल शाहलाई बोलाएका थिए।

स्वास्थ्य बीमामार्फत उपचार र भर्ना प्रक्रियामा विवाद भएपछि बिरामी पक्षले अस्पतालमै हल्ला गरेको थियो। डा. शाहले एक दिन अब्जरभेसनका लागि भर्ना हुन सुझाव दिए पनि आफन्तहरूले अस्वीकार गर्दै बिरामीलाई रिफर गर्न दबाब दिएका थिए। त्यही क्रममा अजित विडारीले डा. शाहमाथि हातपात गरेका थिए।

दुर्घटनामा घाइते भएकी सुरक्षा कँडेलको उपचार र भर्ना प्रक्रियामा विवाद भएपछि घटना भएको हो। विवादपछि अस्पतालमा रहेका अन्य कर्मचारी र आफन्तहरूले विडारीलाई रोकेका थिए।

डा. शाहलाई ठूलो चोट नलागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उजुरी नपरे पनि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ। चिकित्सक संघ मकवानपुरले घटनाबारे छलफल गर्दै प्रहरीमा उजुरी दिने तयारी गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*