समाचार

हेटौंडा अस्पतालमा विस्तारित बहिरंग सेवा (ई एच एस) सुरु हुने

 हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा विस्तारित बहिरंग सेवा (इ एच एस) सुरु हुने भएको छ । शुक्रबार अस्पतालमा एक कार्यक्रमको आयोजना गरी अस्पतालले यहि भाद्र १६ गते आइतबारदेखि विस्तारित बहिरंग सेवा सुरु गर्न लागेको जानकारी दिएको हो । विशेषज्ञ चिकित्सकबाट मात्र प्रदान गरिने विस्तारित बहिरंग...

हस्तकलाग्राम स्थापना सम्वन्धी बिधेयकको सुझाबपत्र प्रदेशसभा समितिको बैठकमा हस्तान्तरण

हेटौंडा । ‘प्रदेश हस्तकला ग्राम स्थापना तथा संचालनको सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०८०’ का बिषयमा सरोकारवालाहरुले दिएको सुझाबलाई आज बागमती प्रदेशसभा समितिको बैठकमा प्रस्तुतीकरण गरिएको छ । बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिको बैठकमा बिधेयकका बिषयमा बिहीबार आयोजित कार्यक्रममा सहभागिहरुले दिएका राय, सुझाबहरुलाई लिखीत रुपमा समितिको बैठकमा...

एक हात नभएका राजेन्द्र, आफैं माेटरसाईकल चलाएर मेचीमहाकाली यात्रा गर्ने सोचमा !

हेटौंडा। जुनसुकै किसिमको सवारी साधन चलाउनकाे लागि दुवै हात प्रयाेग गर्नु पर्ने हुन्छ । “अटाे र माेटरसाईकल” यी प्रकृतिकाे सवारी साधन चलाउनकाे लागि दुवै हात अनिवार्य  हुन्छ । असम्भव कुराहरू सम्भव भएकाे बिरलै मात्र देख्न पाइन्छ । त्यस्तै एक व्यक्ति जसले  आफू अपाङ्ग् भए पनि सजिलाे सँग मोटरसाईकल चलाई...

मकवानपुरगढी ५ को धादिङमा गाजा फडानि

मकवानपुरगढी । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ को धादिङमा गाजा फडानि गरि नष्ट गरिएको छ । धादिङ टोल बिकास समिति र प्रहरीको सहभागीतामा टोलमा भएको गाजा फाडानि गरि नष्ट गरिएको हो । टोल वरपर भएको करिब २०० बोट गाजा फडान गरि नष्ट गरिएको अस्थायी प्रहरि चौकी मकवानपुरगढी धादिङले जनाएको...

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको गत आर्थिक वर्षमा १९ करोड १६ लाख आम्दानी

हेटौंडा । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले गत आर्थिक वर्षमा १९ करोड १६ लाख आम्दानी गरेको जनाएको छ । बोर्डले मंगलबार आयोजना गरेको आर्थिक वर्ष २०८०÷८१ को प्रगती विवरण तथा आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक कार्यालयमा यस्तो जानकारी दिइएको हो । बोर्डका कार्यकारी निर्देशक विष्णु...

हेटौंडाको कृष्ण मन्दिरहरुमा श्रद्धालुहरुको भिड : फोटोहरु

हेटौंडा । आज भाद्र कृष्ण अष्टमी अर्थात कृष्णजन्माष्टमी पर्व मनाईदै छ । विभिन्न स्थानको कृष्ण मन्दिरमा आज श्रदालुहरुको घुइँचो लागि रहेको छ । द्धापरयुगमा वासुुदेव र देवकीको कोखबाट जन्मलिनु भएका भगवान कृष्णको पालन पोषण भने एसोमती मैयाले गर्नु भएका थियो । भाद्र कृष्ण अष्टमीको मध्यरात रोहिणी नक्षत्रमा भगवान विष्णुले...

हेटौँडामा आउँदो असोज १९ गते लाइभ सेलो साँझ हुँदै

हेटौँडा । हेटौँडामा तामाङ मौलिक गीत, संगीत जागरण गर्ने उद्देश्यले लाइभ सेलो साँझ आयोजना हुने भएको छ । ‘एक तामाङ घर, एक डम्फु’ भन्ने मुल नारासहित गरीन लागिएको लाइभ सेलो साँझ ओपेरा इन्फोटेन्मेन्ट मिडिया प्रा.लि.को आयोजनामा हुन लागेको हो । आइतबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आउँदो असोज १९...

१० नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

हेटौंडा उपमहानगरपालिकाको १० नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । शनिबार एक कार्यक्रमका बीच हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले १० नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुभएको हो । बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने मुल नाराका साथ वडालाई बालमैत्री वडा घोषणा अभियान चलाइएको...

हुमागाँई एमाले मकवानपुरको सल्लाहकार कमिटी अध्यक्षमा चयन

हेटौंडा । नेकपा एमाले मकवानपुरको जिल्ला सल्लाहकार कमिटी अध्यक्षमा बलराम हुमागाई चयन  हुनु भएको छ । मकवानपुरगढी निवासी हुमागाईलाई शनिवार भएको सल्लाहकार कमिटीको बैठकले अध्यक्षमा चयन गरेको पार्टी अध्यक्ष श्रीधर पोख्रेलले जानकारी दिनुभयो । हुमागाई मकवानपुरमा कम्युनिष्टको जग बसाल्ने नेतृत्व मध्येका एक हुन् । पञ्चायत कालिन समयमा कम्युनिष्ट आन्दोलनको...

वर्तमान सरकार मुलुकमा स्थिरता,सुशासन र समृद्धिको लागि हो : गृहमन्त्री लेखक

वर्तमान सरकार मुलुकमा स्थिरता,सुशासन र समृद्धिको लागि भएको गृहमन्त्री रमेश लेखकले बताउनुभएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय धनुषामा बन्न लागेको नयाँ भवनको शिलान्यासको क्रममा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री लेखकले अस्थिरताका कारण विकास निर्माणका कामले गति लिन नसकेको, अर्थतन्त्रमा शिथिलता उत्पन्न भएको भन्दै भ्रष्टाचार नियन्त्रण र सुशासन...