हेटौडा: मोटरसाइकल दुर्घटनामा ५ जना घाइते, ३ जनाको अवस्था गम्भीर
हेटौंडा । हेटौंडा उपमहानगरपालिका ४,पारिजातपथमा २५- भदौ मंगलबार साझ (हिजो) भएको सवारी दुर्घटनामा ५ जना घाइते मध्य ३ जनाएको अवस्था गम्भीर रहेको छ ।
पारिजात पथ स्थित सानीमा बैंक आगाडि भएको उक्त दुर्घटनामा सिलतमहल चाेकबाट स्कुलरोड तर्फ जादै गरेकाे प्रदेश नम्बर ३ ०३-००१ प ३७६४ नम्बरको पल्सर एन. एस. र विपरीत दिशा स्कुल रोडबाट सितलमहल चोक तर्फ जादै गरेकाे ना .१३ प २२६२ नम्बरको मोटरसाइक एक आपसमा ठोकिँदा ५ जना गम्भीर घाइते भएका थिए ।
घटनामा एन.एस पल्सर मोटरसाइकलका चालक हेटौंडा उपमहानगरपालिका -११ थानाभर्याङ बस्ने अन्दाजी २० वर्षीय रोहन खतिवडा गम्भीर घाइते भएका छन् र उनलाई हेटौंडा अस्पतालमा समान्य उपचार पश्चात भरतपुर चितवनमा थप उपचारको लागि पठाइएको छ। सोही मोटरसाइकलमा सवार हेटौंडा उपमहानगरपालिका -०६ चौघडा बस्ने अन्दाजी २० वर्षीया निष्मा प्रजा सामान्य घाइते अवस्थामा हेटौडा अस्पतालमा उपचार पश्चात् डिस्चार्ज गरिएको छ।
युनिकन मोटरसाइकलका चालक रौतहट मौलापुर नगरपालिका -०८ स्थाई घर भएका अन्दाजी २४ वर्षीय शिव पुजन यादवको अवस्था पनि गम्भीर छ । यादवको टाउको,शरिरको बिभिन्न भागमा चोट छ उनलाई थप उपचारको लागी भरतपुर चितवन पठाएको छ ।
सोही मोटरसाइकलमा सवार रौतहट मौलापुर बस्ने अन्दाजी बर्ष २१ का नितेश प्रसाद यादवको पनि टाउको,शरिरको बिभिन्न भागमा चोटलागी गंभिर घाइते भएका छन उनलाई पनि थप उपचारको लागी भरतपुर चितवन पठाएको हेटौंडा अस्पतालले जनाएको छ । सोही मोटरसाइकलमा सवार रौतहट मौलापुरकै अन्दाजी बर्ष १९ वर्षीय शिव शंकर यादवको अबस्था भने सामान्य छ उनको हेटौडा अस्पतालमा
उपचार पश्चात् डिस्चार्ज गरिएको छ।