समाचार
कान्तिलोकपथ अवरुद्ध: हेटौँडा–काठमाडौँ यात्रामा असर
हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध भएको छ, जसका कारण यात्रु र सवारी साधनमा ठूलो समस्या उत्पन्न भएको छ। मकवानपुरको बकैया गाउँपालिका–१२ घट्टेपाखास्थित सडकमा बिहीबार बिहान पहिरो खसेको हो। जिला प्रहरी कार्यालय मकवानपुरका अनुसार, वर्षा पछि आएको पहिरोले सडकमा अवरोध सिर्जना गरेको छ। प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले भने, “बिहानैदेखि...
बागमती प्रदेशसभाबाट प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित
हेटौंडा। बागमती प्रदेशले प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । सोमवार दिउँसो बागमती प्रदेश सभाको बैठकबाट उक्त विधेयक सर्वसम्मत पारित भएको हो । प्रदेशकी उद्योग , वाणिज्य , भुमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले पेस गरेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई सभामुख...
दशैंमा उपत्यका बाहिर जान अग्रिम बस टिकट बुकिङ असोज १२ देखि सुरु
काठमाडौं- दशैंतिहारको अवसरमा अग्रिम बस टिकटको बुकिङ असोज १२ गतेदेखि खुल्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार भएको बैठकमा यो निर्णय गरिएको हो। बैठकको अध्यक्षता गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यात्रुको सुरक्षालाई प्राथमिकता दिन आवश्यक मर्मत र सुधार कार्यहरूमा...
रामेछापमा बुलेरो दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते
रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं–५ स्थित सुनारपानीमा भएको वलेरो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मन्थली नगरपालिका वडा नं ५ का वडा अध्यक्ष रविन कुमार कार्कीका अनुसार, ६९ वर्षीय दिलिप कुमार वरुवालको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटना आइतबार दिउँसो मन्थलीबाट सालुतर्फ जाँदै गरेको...
दशैँको टीकाको साइत आज सार्वजनिक
हेटौंडा । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत आज सार्वजनिक गरेको छ । बडादशैँको अवसरमा गरिने कार्यहरूबारे जानकारी दिने उद्देश्यले सार्वजनिक गरिएको हो । यसपालिका दशैँको टीकाको साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत विहान...
हेटौंडामा ग्यास बुलेटको ठक्करबाट साइकल यात्रीको मृत्यु
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित गोरक्षेश्वर मन्दिर नजिकैको पूर्व-पश्चिम सडक खण्डमा ग्यास बुलेटको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। हेटौंडा बजारबाट थानाभर्याङ तर्फ जान लागेको साइकललाई ग्यास बुलेटले ठक्कर दिई घाइते बनाएको थियो। ६० वर्षीय रमेश पाण्डे,स्थायी भक्तपुर सुडाल निवासी, हाल हेटौंडा-११ थानाभर्याङमा बस्दै थिए,...
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान
काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ । उहाँको बिदाइका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री...
बागमती प्रदेशमा उद्योग विकासका लागि सरकार तयार छ : मुख्यमन्त्री लामा
हेटौंडा । बागमती प्रदेश उद्योग परिसंघको तेस्रो साधारणसभा आज हेटौंडामा सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेशमा उद्योग विकासका लागि सरकार तयार रहेको बताउनु भएको छ । हेटौंडामा भएको बागमती प्रदेश उद्योग परिसंघको तेस्रो साधारणसभामा बोल्दै उहाँले निजी क्षेत्रको सहयोग बिना दीर्घकालीन रोजगारीको अवसर...
भरतपुरमा बडादशैँ स्वदेशी जुत्ताचप्पल व्यापार मेला सुरू , उधोग मन्त्री तामाङले गरिन् उद्घाटन
हेटौंडा : भरतपुरस्थित औद्योगिक प्रदर्शनीमा बडादशैँ स्वदेशी जुत्ता चप्पल व्यापार मेला मंगलवारदेखि सुरु भएको छ । असोज २४ गतेसम्म सञ्चालन हुने मेलाको बागमती प्रदेशको उद्योग वाणिज्य, भूमि व्यवस्था तथा प्रशासनमन्त्री सुकमाया तामाङले उद्घाटन गर्नु भएको हो । मेलाको उद्घाटन गर्दै मन्त्री तामाङले नेपाल धेरै वस्तुको उत्पादनमा आत्मनिर्भर बन्न सक्ने...
वातावरण संरक्षणमा एकजुट भएर लागौँ : मुख्यमन्त्री लामा
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मानव र वातावरणबीचको घनिष्ठ सम्बन्धलाई ध्यानमा राख्दै वातावरण संरक्षणमा सबैलाई एकजुट भएर लाग्नुपर्ने कुरा बताउनु भएको छ । मङ्गलवार हेटौंडा उपमहानगरपालिका ९ स्थित दिव्य बाल उद्यान बेतखोल्सीमा प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा मुख्यमन्त्री लामाले यस अघि वन...









