हेटौंडामा ग्यास बुलेटको ठक्करबाट साइकल यात्रीको मृत्यु
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित गोरक्षेश्वर मन्दिर नजिकैको पूर्व-पश्चिम सडक खण्डमा ग्यास बुलेटको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।
हेटौंडा बजारबाट थानाभर्याङ तर्फ जान लागेको साइकललाई ग्यास बुलेटले ठक्कर दिई घाइते बनाएको थियो। ६० वर्षीय रमेश पाण्डे,स्थायी भक्तपुर सुडाल निवासी, हाल हेटौंडा-११ थानाभर्याङमा बस्दै थिए, घाइते अवस्थामा हेटौंडा अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीका अनुसार, मृत्यु भएको विषयमा थप अनुसन्धान भइरहेको छ। ग्यास बुलेटको नम्बर NL01L9026 भएको र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।