जेन—जी आन्दोलनमा ज्यान गुमाएको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइयो

संवाददाता
२०८२ आश्विन १, बुधबार १७:१२

जेन—जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको शोकमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

बुधवार सिंहदरबारसहित सरकारी कार्यलय, कुटनीतिक नियोगहरुमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको हो । सरकारले जेन जी आन्दोलनमा सहादत प्राप्त गरेकाहरुमा शोक व्यक्त गरिएको हो । सरकारले शोक दिवसमा बुधवार (आज) सार्वजानिक विदा समेत दिएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूको शोकमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको थियो । सरकारले यसअघि नै जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*