मानब सेवा आश्रमले फेरिदियो जानकीको जिवन
हेटौंडा। हेटौंडाको मानव सेवा आश्रम, जहाँ सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउन विवस सहयोगापेक्षीहरु उद्धार पछि आश्रय लिईरहेका छन् ।
विभिन्न पृष्ठभूमिबाट सडक सम्म पुग्न बाध्यहरु जो सरकारी जागीरे, रोजगारीको सिलसिलामा बिदेशीएका देखि बृटिस आर्र्मी सम्म छन् । जसमध्यकी एक हुन् जानकी गजुरेल महर्जन, जसको यात्रा विदेश, सडक, अनि मानव सेवा आश्रम सम्म रहयो । जीवनका कठिन परिस्थितिहरूलाई पार गर्दै अघि बढ्न सकिन्छ भन्ने कुरा प्रमाणित गर्ने एक प्रेरणादायी पात्र हुन जानकी गजुरेल महर्जन । आफ्ना श्रीमान र छोरीको आकस्मिक मृत्युले जानकीलाई गहिरो डिप्रेशनमा पुरायो त्यो समय उनको जीवनमा एक अन्धकार युग नै थियो, तर मानव सेवा आश्रमले उनलाई त्यो अन्धकारबाट बाहिर निकाल्यो ।
मानव सेवा आश्रमले जानकीलाई सम्हाल्दै सहयोग र आश्रय दियो । आश्रमको हृदयस्पर्शी समर्थन र मद्दतले उनले आफ्नो मानसिक स्वास्थ्यमा सुधार ल्याउन सफल भइन् ।फलस्वरुप आज जानकीको जीवनमा नयाँ आशा जागेको छ । उनले मानव सेवा आश्रमको लागि धुपबक्ति बनाउँछिन्। त्यहि धुपको सुगन्ध आश्रमको गेटबाट भित्र पस्नासाथ फैलिन्छ, जसले आगन्तुकहरु र आश्रममा आश्रितहरुलाई शान्ति र आनन्दित महसुस गराइरहेको छ । जानकीका लागि धुप बनाउनु एउटा काम मात्र नभई आफ्नो जीवनको नयाँ उद्देश्यको खोजी हो । उनी आश्रममा आश्रय लिने अन्यलाई सहायता पनि गर्छिन, जसबाट मानव सेवा आश्रमको प्रयासलाई साकार पार्न केहि हदसम्म भएपनि मदत पुगिरहेको छ ।
बालाजु घर भएकी जानकी ईजरायलमा ६ बर्ष काम गरेर २०६६ सालमा स्वदेश फर्किइन् । फर्किएको २/३ बर्षमानै उनले आफ्नी २० वर्षकी छोरी गुमाईन, यो घटनाले उनलाई डिप्रेशनमा पुरायो, त्यसको ५ बर्ष पछि जव जानकीले श्रीमान पनि घुमाईन् त्यसपछि त झन् उनको जिवन सडकमै पुग्यो । रातपछि दिनआए जस्तै जानकीको जिवनमा पनि दिनको उज्यालो छाउने माध्यम फेला पर्यो, मानव सेवा आश्रम । जसले जानकी जस्तै थुप्रै वेसाहारालाई सहारा दिइरहेको छ ।
मुख्य कार्यालय हेटौंडा रहेको यस आश्रममा मात्र २०७ जना आश्रीत छन, जसमा २४ जना बालबालिका छन् । आश्रमले हालसम्म १० हजार भन्दा बढिको उद्धार गरीसकेको छ । ३ हजार भन्दा बढिको पारिवारिक पुनरमिलन गराई सकिएको मानव सेवा आश्रम मुुख्यकार्यालय हेटौंडाकी संयोजक ईशा थापाले जानकारी दिईन् । जानकी जस्ता हजारौं व्यक्तिहरूलाई उद्धार गरेर मानव सेवा आश्रमले मानवताको एउटा उदाहरण प्रस्तुत गरिरहेको ।
मानव सेवा आश्रमले २०८२ सालभित्र नेपाललाई सडक मानवमुक्त बनाउने लक्ष्यलिएको छ । २०६९ भाद्र १३ गतेदेखि यो अभियान सुरु गरेको आश्रमले अहिले १७ सय भन्दा बढीलाई आश्रय प्रदान गरिरहेकोे छ । देशभर १९ जिल्लामा फैलिएको आश्रमको हाल २४ वटा सेवा केन्द्र छन् । यस आश्रमको प्रयासले परिवर्तनको नयाँ युगको द्वार खोल्ने विश्वास गर्न सकिन्छ ।