Banner News
शिक्षा सुधारका लागि प्रतिबद्ध छौँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभूवन विश्वविद्यालयको ५० औं दीक्षान्त समारोहमा सम्बोधन गर्दै विश्वविद्यालयलाई शिक्षाको मन्दिरको रूपमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विश्वविद्यालयलाई सकारात्मक र सम्मानजनक थलोको रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो कि विश्वविद्यालयमा जाँदा मानिसमा सकारात्मक भावनाको उत्पत्ति हुनु आवश्यक छ। प्रधानमन्त्री ओलीले त्रिभूवन विश्वविद्यालयको इतिहासलाई सम्मान गर्दै,...
तीनकुने जग्गाको मुआब्जा वितरण गर्न बालेन्द्र साहको सरकारसँग आग्रह
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सरकारसँग तीनकुने जग्गाको मुआब्जा वितरण गर्न आग्रह गर्नुभएको छ। उहाँले उक्त कुरा शुक्रबार काठमाडौंमा काटेश्वर महोत्सवको उद्घाटन कार्यक्रममा व्यक्त गर्नुभएको हो। मेयर साहले तीनकुनेको जग्गाको मुआब्जा वितरण हुन नसकेको कुरामा गहिरो दुःख प्रकट गर्दै यस समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँका अनुसार, तीनकुनेका...
मकवानपुरगढी पत्रकार समाजकाे अध्यक्षमा तिमल्सिना
हेटाैंडा । पत्रकारहरूकाे साझा संस्था मकवानपुरगढी पत्रकार समाजकाे अध्यक्षमा रेवतिप्रसाद तिमल्सिना (नवीन) चयन भएका छन् । समाजकाे आज बिहीवार गाउँपालिका केन्द्र मक्राञ्चुलीमा भएकाे प्रथम अधिवेशनले तिमल्सिनाकाे नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे । तिमल्सिना मकवानपुरमा रहेर एक दशक भन्दा लामाे समयदेखि पत्रकारितामा सक्रिय छन् । मकवानपुरगढीमा छापा...
हेटौंडा ५ मा गैंडाको खाग तस्कर पक्राउ, हवाई फायर गरियो
हेटौंडा । चितवन राष्ट्रिय निकुञ्जको संरक्षण अधिकृतको नेतृत्वमा खटिएको एक टोलीले हेटौंडा-५ स्थित गर्दोई र हेटौंडा-८ को सिमानाबाट गैंडाको खाग तस्करलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक, विश्वराज खड्काले जानकारी अनुसार गैंडाको खागसहित एक जनालाई पक्राउ गरिएको बताउनु भयो। विशेष सुराकीका आधारमा सेनाको ७/८ जनाको...
आज क्रिसमस दिवस मनाउँदै
हेटौंडा । आज इसाई धर्मावलम्बीहरुले क्रिसमस दिवस मनाउँदैछन् । अङ्ग्रेजी पात्रो अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इसाई धर्मावलम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार बर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ ।...
बिमल अधिकारी र साया भण्डारीको अभिनय रहेको ‘ आई लभ अलवैज ’ म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )
काठमाडौ । बिमल अधिकारी र साया भण्डारीको अभिनय रहेको अंग्रेजी भाषामा बनेको ‘ आई लभ अलवैज ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रभु पौडेलको शब्द र स्वर रहेको उक्त गीतमा निर्देशन मौसम हिमालीले गरेका छन् । साथै उक्त गीतको भिडियोको छायांकन उत्सव दाहालले गरेका छन्, भने सहायक...
ऐतिहासिक चुरियामाई सुरुङमार्ग हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण
हेटौंडा । हेटौंडामा स्थित ऐतिहासिक चुरियामाई सुरुङमार्ग आजदेखि पुनः सञ्चालनमा आएको छ। ८ महिनाअघि सुरु गरिएको जीर्णोद्धार कार्य अब सम्पन्न भएको छ । बागमती प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिकालाई उक्त सुरुङ पर्यटकिय गन्तव्यको रूपमा हस्तान्तरण गरेको हो। सुरुङमार्गको पुनर्निर्माणमा ३ करोड ६५ लाख रुपैयाँको लगानी गरिएको छ।यस सुरुङमार्गको निर्माण १९१७...
सरकार आगामी निर्वाचनसम्म चल्छ : सञ्चार मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार ढल्ने कुरा कागको कराउने जस्तो भएको टिप्पणी गरेका छन्। मन्त्री गुरुङले आगामी निर्वाचनसम्म सरकार कायम रहने दाबी गर्दै, सरकार गिरेको र सरकार ढल्ने चर्चा असत्य र भ्रमपूर्ण भएको बताए। आईतवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सञ्चारकर्मीहरुले सरकारको भविष्यबारे सोधेका प्रश्नको...
अपाङ्गता भएका व्यक्तिहरूको हक र अधिकारको रक्षा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री काफ्ले
हेटौडा । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल बागमती प्रदेशको छैठौं वार्षिक साधारण सभा र तेस्रो प्रादेशिक अधिवेशनको उद्घाटन समारोहमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले अपाङ्गता भएका व्यक्तिहरूको हक र अधिकार सुनिश्चित गर्न सरकार दृढ प्रतिबद्ध रहेको बताउनु भयो। हेटौडामा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री काफ्लेले अपाङ्गता भएका व्यक्तिहरूलाई केवल...
राष्ट्रहित विरुद्धको मुद्दा महान्यायाधिवक्ताको कार्यालयले नहेर्ने सुझाव, कानून व्यवसायी परिषद् संशोधन विधेयकको छलफल
नेपालको कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक २०८१ अन्तर्गत शुक्रबार आयोजित विधायन व्यवस्थापन समितिको बैठकमा विज्ञहरूले राष्ट्रहित विरुद्धको मुद्दा महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता भइसकेका व्यक्तिले नहेर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्। वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले बैठकमा आफ्नो विचार राख्दै भने, “महान्यायाधिवक्ताको कार्यालय फौजदारी न्यायका सिद्धान्तहरूसँग पोख्त र विशेषज्ञ रहेको...










