आज क्रिसमस दिवस मनाउँदै

संवाददाता
२०८१ पुष १०, बुधबार ०७:२५

हेटौंडा । आज इसाई धर्मावलम्बीहरुले क्रिसमस दिवस मनाउँदैछन् । अङ्ग्रेजी पात्रो अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इसाई धर्मावलम्बीले आज क्रिसमस मनाउन लागेका हुन् ।

दुई हजार बर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा ईस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

क्रिसमस दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चहरुमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । बजार र ठूला व्यापारिकस्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*