अपाङ्गता भएका व्यक्तिहरूको हक र अधिकारको रक्षा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री काफ्ले
हेटौडा । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल बागमती प्रदेशको छैठौं वार्षिक साधारण सभा र तेस्रो प्रादेशिक अधिवेशनको उद्घाटन समारोहमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले अपाङ्गता भएका व्यक्तिहरूको हक र अधिकार सुनिश्चित गर्न सरकार दृढ प्रतिबद्ध रहेको बताउनु भयो। हेटौडामा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री काफ्लेले अपाङ्गता भएका व्यक्तिहरूलाई केवल शारीरिक र मानसिक सहयोग मात्र होइन, आत्मविश्वास र हिम्मतको लागि पनि हौसला दिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
मन्त्री काफ्लेले भन्नुभयो, समाजका प्रत्येक सदस्यको समान हक र अधिकार सुनिश्चित गर्न सबैको सहयोग आवश्यक छ। हामीले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजको मुख्यधारामा ल्याउनुपर्ने छ।ू उहाँले सरकारको योजनाहरूका बारेमा पनि जानकारी दिँदै, अपाङ्गता भएका व्यक्तिहरूलाई कुनै पनि प्रकारको भेदभाव नगरी उनीहरूको सामूहिक विकासमा सक्रिय सहकार्य गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा, राष्ट्रिय अपाङ्ग महासङ्घ बागमती प्रदेशका अध्यक्ष अश्विन लम्सालले केन्द्रीय नेतृत्वको असहयोगको कुरा गर्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, केन्द्रीय नेतृत्वले प्रदेश अपाङ्ग महासङ्घलाई असहयोग गरेको छ र यसका कारण हाम्रो प्रदेशले सोचे अनुरुप काम गर्न नसकेको यहाँको भनाई छ । लम्सालले अपाङ्ग महासङ्घको स्थितिमा आई आएको कमजोरीका बारेमा पनि आफ्नो धारणा व्यक्त गर्नुभयो ।
यस अवसरमा, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरू र अपाङ्गता भएका व्यक्तिहरूको ठूलो संख्यामा उपस्थिती थियो ।