तीनकुने जग्गाको मुआब्जा वितरण गर्न बालेन्द्र साहको सरकारसँग आग्रह

संवाददाता
२०८१ पुष १२, शुक्रबार १८:४३

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सरकारसँग तीनकुने जग्गाको मुआब्जा वितरण गर्न आग्रह गर्नुभएको छ। उहाँले उक्त कुरा शुक्रबार काठमाडौंमा काटेश्वर महोत्सवको उद्घाटन कार्यक्रममा व्यक्त गर्नुभएको हो।

मेयर साहले तीनकुनेको जग्गाको मुआब्जा वितरण हुन नसकेको कुरामा गहिरो दुःख प्रकट गर्दै यस समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँका अनुसार, तीनकुनेका जग्गाधनीहरूले लामो समयदेखि मुआब्जा प्राप्त नगरेकोमा अहिलेको दुई तिहाई बहुमतको सरकारको समय आएको उल्लेख गर्नुभयो। उहाँले अहिलेको सरकारको प्रमुख अगाडि यस विषयमा कुनै समस्या नहुने विश्वास व्यक्त गर्दै, जग्गाधनीहरूले स्थानीय र संघीय सरकारलाई दबाब दिनुपर्ने बताउनुभयो।

“पचास वर्षदेखि यो समस्या समाधान नभएको छ,” मेयर साहले भने, “जग्गा सरकारले लुटेर राखेको छ र मुआब्जा वितरणको कुनै प्रक्रिया अगाडि बढेको छैन। अहिलेको सरकारमा यदि मुआब्जा वितरणमा प्रगति भएन भने, भविष्यमा यसको समाधान हुने कुनै सम्भावना छैन।”

साथै, मेयर साहले उक्त जग्गा उपलब्ध गराउने जग्गाधनीहरूलाई धन्यवाद दिँदै, कोटेश्वर मेलाले कोटेश्वरको स्थानीय विशेषता उजागर गर्नुपर्ने कुरामा पनि जोड दिनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*