Banner News
मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित पुलचोक बेलुवा नजिकै पूर्व–पश्चिम राजमार्गमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय मनहरीका अनुसार मनहरीबाट हेटौंडातर्फ गइरहेको ना ३७ प ७६९० नम्बरको मोटरसाइकल र सोही दिशाबाट आइरहेको प्रदेश ३–०३–००१ प ४४३४ नम्बरको अर्को...
गुरु पूर्णिमाको अवसरमा भुटनदेवी मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न
गुरु पूर्णिमाको अवसरमा नेपाल मानव धर्म सेवा समिति, हंश शान्ति आश्रम हेटौंडाको आयोजनामा हेटौंडा–४ स्थित ऐतिहासिक भुटनदेवी मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम महात्मा पिताम्बरा वाइजीको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा मानव धर्म सेवा समिति हंश शान्ति आश्रम मकवानपुरका अध्यक्ष अर्जुन लामा, संयोजक कृष्ण कँडेल, सह–संयोजक कल्पना...
दिउँसो १ बजे केन्द्रीय सुरक्षा समितिको बैठक
काठमाडौं । गृह मन्त्रालयले आज दिउँसो १ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ । वर्षा र बाढीका कारण मुलुकका विभिन्न जिल्लामा विपत्तिबाट क्षति पुगेपछि बैठक बोलाएको हो । रसुवामा बाढीका कारण नागरिक सम्पर्कविहीन हुनाका साथै धनमालको क्षति भएको विषयलाई लिएर गृहमन्त्री रमेश लेखकले दिउँसो मन्त्रालयमा उद्धार, खोज तथा...
रसुवा बाढीमा १८ जना बेपत्ता
काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवामा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा नेपाल प्रहरी अन्तरगत इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत् प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा पनि रहेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ९...
रसुवागढी सुक्खा बन्दरगाहमा बाढीले सयभन्दा बढी मालवाहक सवारी बगाएको आशंका
काठमाडौं । रसुवागढी भन्सार नजिकको निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा आएको आकस्मिक बाढीले प्रारम्भिक अनुमानअनुसार सयभन्दा बढी मालवस्तु बोकेका गाडी बगेको आशंका गरिएको छ। नेपाल इन्टरमोडल ट्रान्सपोर्ट विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार, बाढीले सवारी साधनमात्र हैन, आयात हुँदै गरेको अर्बौं रुपैयाँ बराबरको सामग्री पनि नष्ट हुन सक्ने...
नेपाल चिकित्सक संघ मकवानपुरद्वारा स्वास्थ्य सेवा बहिस्कार जारी
हेटौंडा । चिकित्सक संघ मकवानपुर शाखाले स्वास्थ्य क्षेत्रमा देखिएको बेवास्ता र चिकित्सकमाथिको दुर्व्यवहारको विरुद्ध जारी आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ। संघको केन्द्रीय समितिको निर्देशनअनुसार सोमबारको एकदिने सेवा बहिस्कारपछि मंगलबार पनि मकवानपुर जिल्लाभरका सम्पूर्ण सरकारी तथा निजी स्वास्थ्य संस्थामा आकस्मिक तथा सघन उपचारबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ।...
बागमतीकाे बजेट सदनबाट बहुमतले पारित
हेटौंडा । बागमती प्रदेशको आर्थिक वर्ष २०८२/८३ को बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ। असार १ गते बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गरेको ६७ अर्ब ५७ करोड ४१ लाख रुपैयाँ बराबरको बजेट सोमबार प्रदेशसभाबाट पारित भएको हो। अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको...
कृषि ‘राहत’मा सीमित भएको सांसद बास्कोटाको कटाक्ष ,मल पनि भूकम्प राहतझैँ बाँडिन्छ
काठमाडौं । संसदमा बोल्दै नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारको कृषि नीतिमा गम्भीर प्रश्न उठाएका छन्। असार महिनासँगै मल अभावको पुरानै समस्या फेरि दोहोरिएपछि उनले किसानलाई ‘भूकम्प राहतझैँ’ मल वितरण गरेर कृषि उत्पादन वृद्धि सम्भव नरहेको टिप्पणी गरेका हुन्। बास्कोटाले प्रतिनिधि सभाको बैठकमा बोलेका थिए। उनले भने, “कृषि मन्त्री...
चिकित्सकहरु देशव्यापी आन्दोलनमा , सेवाग्राही मर्कामा
हेटौंडा । पछिल्ला केही महिनामा उपभोक्ता अदालतले स्वास्थ्य सेवामा लापरवाहीका घटनामा करोडौं क्षतिपूर्तिको आदेश दिएपछि चिकित्सकहरु देशव्यापी आन्दोलनमा उत्रिएका छन्। नेपाल चिकित्सक संघको आव्हानमा आज सोमबार मुलुकभर आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा अवरुद्ध भएको छ । गत जेठ २९ गतेदेखि असार ५ गतेसम्मका फैसलामा उपभोक्ता अदालतले तीन वटा फरक–फरक...
आज प्रतिनिधिसभामा स्पेन भ्रमणबारे जानकारी दिदैं प्रधानमन्त्री ओली
काठमाडौं । आज प्रतिनिधिसभा बैठकमा स्पेन भ्रमणबारे जानकारी दिने उद्देश्यले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएको छ। प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किएका थिए ।...










