Banner News
भिमफेदीको टौवासमा खोला तर्ने क्रममा एक जनाको मृत्यु
हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर १ टौवासमा खोलामा नुहाई खोला तर्ने क्रममा एक जनाको मृत्यु भएको छ । बिरगन्ज महानगरपालिका ५ बस्ने अन्दाजी ४५/५० बर्षको पुरुषोत्तम शर्मालाई खोलाले बगाई मृत्यु भएको प्रहरीले जनाएको छ । बिरगन्जबाट भिमफेदीको टौवासमा ४/५ जना मानिसहरु बनभोज खाई रमाईलो गरी रहेका थिए...
मकवानपुरको कुलेखानी सडकखण्डमा सवारी दुर्घटना, ५ जना घाइते, ३ को अवस्था गम्भीर
हेटौंडा । मकवानपुरकाे ईन्द्रसरोवर गाउँपालिका–२ रातमाटे स्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा आज दिउँसो भएको एक सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्, भने तीन जनाको अवस्था गम्भीर भएका छन् । दिउँसो १:०० बजेको समयमा हेटौंडाबाट काठमाडौंतर्फ गइरहेको म.प्र.०३–००१ ज ०५५१ नम्बरको ईभी गाडी घुम्तीमा ब्रेक हान्दा टायर चिप्लिएर करिब १५ मिटर...
आज कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । आज कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । यसैगरी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हिमपातको पनि सम्भावना छ । यो प्रक्षेपण जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गरेको हो । मधेश...
मोटरसाइकल दूर्घटना परि प्रधानाध्यापककाे निधन
हेटौंडा । हेटौंडामा गएराति मोटरसाइकल दूर्घटना हुँदा राक्सिराङ ९ खैराङ अठारेस्थित कालिका माविका प्रधानाध्यापक दिपेन्द्र झाको निधन भएको छ । गएराति करिब ११ः२० बजे हेटौंडा उपमहानगरपालिका–१० राप्ती रोडस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा धनुषा जनकपुर–४ घर भई हाल हेटौंडा–११ मा बसोबास गर्दै आएका ४५ वर्षीय दिपेन्द्र झाको मृत्यु भएको...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सरकारी सेवासुविधा फिर्ता
काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् । उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् । ‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा पनि फिर्ता गर्दैछौं, उनी निकट स्रोतले भन्यो । भण्डारीले गत १४ असारमा...
ऊर्जाका साथ राष्ट्र सेवामा लाग्न सशस्त्र प्रहरी परिवार महिला संघलाई मन्त्री तामाङको निर्देशन
हेटौंडा । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले सशस्त्र प्रहरी परिवार महिला संघलाई ऊर्जाका साथ राष्ट्र सेवामा लाग्न निर्देशन दिएकी छन् । मंगलवार हेटौंडा उपमहानगरपालिका–८ स्थित १४ नम्बर गण हेडक्वाटर, मकवानपुरमा आयोजित सशस्त्र प्रहरी परिवार महिला संघको २४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री तामाङले...
बजेटप्रति असहमति चुलिंदै जाँदा बागमती प्रदेशसभा बैठक पुनः स्थगित
हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि प्रस्तुत गरेको बजेटमाथिको छलफल सुरु हुनुपर्ने प्रदेशसभा बैठक आज पुनः स्थगित भएको छ। दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक ४ बजेको लागि सारिएको थियो । ४ बजे पनि बैठक बस्न नसकेपछि विशेष कारण देखाउँदै १९ गते बिहान...
आज असार १५ गते दही चिउरा खाएर धान दिवस मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा...
ई–चलान प्रणाली प्रभावहीन, ६ महिनामा मकवानपुरमा मात्रै २३ लाखभन्दा बढी राजस्व उठ्न बाँकी
हेटौंडा । सरकारले ट्राफिक नियम उल्लंघन गरे बापत सवारी चालकलाई सहजता प्रदान गन सुरु गरेको ई–चलान प्रणाली अपेक्षित रूपमा प्रभावकारी बन्न सकेको छैन । चालु आर्थिक वर्ष २०८१/८२ को पुसदेखि जेठ महिनासम्मको ६ महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले २९ लाख १० हजार ५ सय ४५ रुपैयाँ बराबरको ई–चलान...
साउनको २९ गतेदेखि एसईईको मौका परीक्षा
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नन ग्रेड भएका विद्यार्थीहरूले साउनको २९ गतेदेखि मौका परीक्षा दिन पाउने भएका छन् । परीक्षा बोर्डले यस वर्षकोएसईईको नतिजा सार्वजनिक गर्दै नन ग्रेडड विद्यार्थीहरूले २९ साउनदेखि मौका परीक्षा दिन पाउने जनाएको हो । सार्वजनिक नतिजाअनुसार ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् ।










