Banner News

विपिन अझै जीवित हुन सक्ने आशा रहेका दाजु किशोर दाबी

काठमाडौं । इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको औपचारिक जानकारी दिएका छन् । इजरायली सेनाका अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित...

इजरायली सेनाका अधिकारीद्वारा विपिन जोशी जीवित नरहेको उल्लेख

काठमाडौं । इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् । इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् । ती अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी...

राष्ट्रपति रामचन्द्र पौडेललाई केही दिन आराम गर्न डाक्टरको सल्लाह

काठमाडौँ । स्वास्थ्यमा समस्या आएको कारण अस्पतालमा भर्ना प्रश्चात डिस्चार्ज भएका राष्ट्रपति रामचन्द्र पौडेललाई डाक्टरले अझै केही दिन आराम गर्न डाक्टरहरूले सल्लाह दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या आएपछि शनिबार महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर उपचारका लागि भर्ना भएका थिए । स्वास्थ्य परीक्षण...

इजरायलस्थित प्रधानमन्त्री कार्यालयका अधिकारीहरुद्दारा विपिन जोशीको अवस्था अझै थाहा हुन नसकेको उल्लेख

काठमाडौं । इजरायलस्थित प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले नेपालका विपिन जोशीको अवस्था अझै पनि थाहा हुन नसकेको बताएका छन्। नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार, इजरायली अधिकारीहरुले विपिनको अवस्थाबारे छानबिन जारी रहेको र हालसम्म ठोस जानकारी नआएको बताएका छन्। विपिनको अवस्था अझै अज्ञात रहेको र उनी सुरक्षित छन् वा छैनन् भन्ने पुष्टि...

५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले (आज) आईतवार ५० अर्ब निक्षेप खिच्दैछ । नेपाल राष्ट्र बैंककाअनुसार अधिक तरलता कायमै रहेपछि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत तरलता कम गर्न निक्षेप खिच्न लागिएको हो । ब्याजदर अनलाइन बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ कात्तिक...

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिवार एक्कासि स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेललाई महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । राष्ट्रपति निवास शीतल निवासमा जेन जी प्रतिनिधिहरूसँग वार्ता गर्ने तय भए पनि स्वास्थ्यमा समस्या आए पछि सो वार्ता सोमबारका लागि सारिएको...

क्यालेण्डरमा नभइ ग्राउण्डमा फुटबल चाहियो भन्दै सरोकारवालाको एन्फा मुख्यालयमा धर्ना

काठमाडौं । नेपाली फुटबलमा विगत केही वर्ष यता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध फुटबलका सरोकारवालाहरुले धर्ना दिएका छन् । आईतवार बिहान अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक घण्टा धर्ना दिएका हुन् । उनीहरुले एन्फा मुख्यालमा बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना दिए । उनीहरुले...

झापामा प्रहरीको हतियार लुट्ने आदित्य लिम्बु खैरो हिरोइनसहित पक्राउ

झापा । झापा दमकका १८ वर्षीय आदित्य लिम्बु खैरो हिरोइनसहित पक्राउ परेका छन्। उनले भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा प्रहरीको हतियार लुटेर भिडियो र फोटो बनाएका थिए। उनले प्रहरीको हतियार बोकेर फोटो खिचेको फोटो भाइरल बनेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, लिम्बु सहित आठ जनाको समूहलाई...

मखमली फूलको मालाको मूल्य निर्धारण गर्न किसानको माग, उचित मूल्य नपाएको गुनासो

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो पर्व अर्थात फूलहरुको पर्व तिहार नजिकिँदै गएको छ । तिहारमा मखमली, सयपत्री, गोदावरी फूलको माला अधिक प्रयोग हुने गर्दछ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुका अधिकांश किसान यतिबेला मखमलीको फूल टिपेर माला उन्नमा व्यस्त देखिन्छन् । तिहारमा मखमली फूलको मालाको अधिक प्रयोग...

शितल निवासअगाडि जेन—जी युवाको नाराबाजी

राष्ट्रपति भवन शितल निवास अगाडी जेन—जी युवाहरुले नाराबाजी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न नपाएको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् । राष्ट्रपति पौडेलले शनिवार जेन—जी युवाहरुसँग छलफल गर्न बैठक बोलाउनुभएको थियो । राष्ट्रपतिसँगको छलफलमा सहभागी हुन शितल निवासभित्र प्रवेश नपाएका युवाहरुले नाराबाजी गरेर विरोध जनाएका हुन् ।...