राष्ट्रपति रामचन्द्र पौडेललाई केही दिन आराम गर्न डाक्टरको सल्लाह
काठमाडौँ । स्वास्थ्यमा समस्या आएको कारण अस्पतालमा भर्ना प्रश्चात डिस्चार्ज भएका राष्ट्रपति रामचन्द्र पौडेललाई डाक्टरले अझै केही दिन आराम गर्न डाक्टरहरूले सल्लाह दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या आएपछि शनिबार महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर उपचारका लागि भर्ना भएका थिए ।
स्वास्थ्य परीक्षण र उपचारपछि आइतबार उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
डाक्टरहरूको सल्लाहसँगै आज तय गरिएको जेनजीका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम नहुने भएको छ ।











