इजरायलस्थित प्रधानमन्त्री कार्यालयका अधिकारीहरुद्दारा विपिन जोशीको अवस्था अझै थाहा हुन नसकेको उल्लेख
काठमाडौं । इजरायलस्थित प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले नेपालका विपिन जोशीको अवस्था अझै पनि थाहा हुन नसकेको बताएका छन्। नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार, इजरायली अधिकारीहरुले विपिनको अवस्थाबारे छानबिन जारी रहेको र हालसम्म ठोस जानकारी नआएको बताएका छन्।
विपिनको अवस्था अझै अज्ञात रहेको र उनी सुरक्षित छन् वा छैनन् भन्ने पुष्टि हुन बाकी रहेको राजदूत पण्डितले बताएका छन् । । विभिन्न समाचार माध्यममा आएका दाबीहरुको पुष्टि अनुसार प्रधानमन्त्री कार्यालयमार्फत सोधपुस गर्दा त्यहाँका अधिकारीले कुनै ठोस तथ्य नभएको बताएका छन्।
जोशीको बारेमा विभिन्न अफवाहमूलक सामग्री सामाजिक सञ्जाल र मिडियामा देखिन थालेपछि नेपाली दूतावासले आधिकारिक सूचना प्राप्त नभएसम्म यस्ता समाचारले पिडित परिवारलाई थप मानसिक तनाव दिने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।
इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले विपिनबारे केही नयाँ अपडेट आयो भने तुरुन्त जानकारी दिने आश्वासन दिएने बताएका छन् “छन्। विपिनको अवस्था बारे निरन्तर सम्पर्कमा रहिरहेको राजदूत पण्डितले जानकारी दिए ।
राजदूत पण्डितले पत्रकार र मिडियालाई संवेदनशीलताका साथ समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् । उनले कुनै पनि सूचना आधिकारिक निकायबाट पुष्टि नभएसम्म समाचार नलेख्न र यस्तो अवस्थामा अफवाहले पिडित परिवारलाई गहिरो चोट पुर्याउन सक्ने बताएका छन् ।










