शितल निवासअगाडि जेन—जी युवाको नाराबाजी

संवाददाता
२०८२ आश्विन २५, शनिबार १४:०६

राष्ट्रपति भवन शितल निवास अगाडी जेन—जी युवाहरुले नाराबाजी गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न नपाएको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् । राष्ट्रपति पौडेलले शनिवार जेन—जी युवाहरुसँग छलफल गर्न बैठक बोलाउनुभएको थियो । राष्ट्रपतिसँगको छलफलमा सहभागी हुन शितल निवासभित्र प्रवेश नपाएका युवाहरुले नाराबाजी गरेर विरोध जनाएका हुन् । नाराबाजी गर्ने युवाहरुले वास्तविक जेनजीलाई बाहिर राखेर हामी नेपाल संस्थाका सुदन गुरुङको टोलीलाई मात्रै शितल निवासभित्र प्रवेश गर्न दिएको आरोप लगाएका छन् । जेन—जी प्रतिनिधि इन्जिनियर प्रवेश लामाले जेन—जी आन्दोलन सुदन गुरुङले मात्रै नगरेको बताउनु भयो ।

सरकारले फागुन २१ गते तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सहज वातावरण बनाउन राष्ट्रपति पौडेल आफैँ सक्रिय हुनुभएको छ । राष्ट्रपति पौडेलले शुक्रवार राजनितिक दल र प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरुसँग छलफल गर्नुभएको थियो । राजनितिक दलका नेताहरुको छलफलपछि राष्ट्रपति पौडेलले शनिवार जेनजीका प्रतिनिधिहरुलाई छलफलका लागि बोलाउनुभएको थियो । तर शनिवारको छलफललाई सोमवारसम्मको लागी सारिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*