धर्म सस्कृति

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौं । बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिदैं

हेटौंडा । नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गर्ने परम्परा रहेको छ । आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । संसारका मुमुक्षु प्राणीलाई...

बडादशैको पहिलो दिन आज घटस्थापना

हेटौडा । आजदेखि बडादशै सुरु भएको छ । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । घरघरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा अराधना गर्ने प्रचलन रहेको छ । नवरात्र भरि विभिन्न दुर्गा रूपहरूको पूजा गरिने गरिन्छ । जसमा प्रत्येक दिन नयाँ...

आजबाट पितृपक्षको समापन हुदैं ,बडा दशैं भोलिबाट सुरु

हेटौंडा । आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको समापन हुदैं छ । असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन गरिदैं छ । आजको औँसी श्राद्धलाई पितृप्रतिको श्रद्धा र सम्झनाको दिनको रूपमा मनाइन्छ । विशेषगरी, दिवङ्गत पितृहरूको लागि तर्पण, सिदादान र पिण्डदान गर्ने परम्परा यस दिनको प्रमुख गतिविधि हो।...

दशैँको टीकाको साइत आज सार्वजनिक

हेटौंडा । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत आज सार्वजनिक गरेको छ । बडादशैँको अवसरमा गरिने कार्यहरूबारे जानकारी दिने उद्देश्यले सार्वजनिक गरिएको हो । यसपालिका दशैँको टीकाको साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत विहान...

आज विश्वकर्माको पूजा

हेटौंडा । आज विश्वकर्माको पूजा । विश्वकर्मा भगवानको पुजा अराधना गरि मनाईदैं छ । बर्षभरि चल्तिमा आएका सामानहरुलाई विश्वकमाको रुप मान्ने चलन छ । जस्तै विभिन्न कलकारखाना, पसल, गाडि , कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा लगाएतको पुजा गर्ने चलन रहि आएको हो । त्यसै गरि विश्वकर्मा भगवानको बालुवाको...

आज ऋषिपञ्चमी पर्व मनाउँदै

हेटौंडा । आज ऋषिपञ्चमी पर्व । महिलाहरुले सप्तऋषिको पूजा गरी मनाउँदैछन् । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने र स्नान गर्ने गर्छन् । स्नान गरेपछि अरुन्धतीसहित...

आज हरितालिका तीज मनाइँदै,

हेटौंडा । आज भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला शुक्रबार उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन्। तृतीयाका दिन बिहानै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ। पञ्चांगमा आज १५ घडी ५७ पला अर्थात् मध्याह्न १२ बजेर ८ मिनेटसम्म तृतीया तिथि रहने र...

हेटौंडाको कृष्ण मन्दिरहरुमा श्रद्धालुहरुको भिड : फोटोहरु

हेटौंडा । आज भाद्र कृष्ण अष्टमी अर्थात कृष्णजन्माष्टमी पर्व मनाईदै छ । विभिन्न स्थानको कृष्ण मन्दिरमा आज श्रदालुहरुको घुइँचो लागि रहेको छ । द्धापरयुगमा वासुुदेव र देवकीको कोखबाट जन्मलिनु भएका भगवान कृष्णको पालन पोषण भने एसोमती मैयाले गर्नु भएका थियो । भाद्र कृष्ण अष्टमीको मध्यरात रोहिणी नक्षत्रमा भगवान विष्णुले...

आज कृष्णजन्माष्टमी पर्व मनाईदैं

हेटौंडा । आज भाद्र कृष्ण अष्टमी अर्थात् भगवान कृष्णको जन्म भएको  दिन । आज कृष्ण मन्दिरहरुमा सनातन धर्मावलम्बीले भगवान् कृष्णको जन्म भएको दिनको सम्झनामा पुजा आराधना गर्दै  छन्। बिहान ८ बजेर २७ मिनेटपछि अष्टमी तिथि शुरु हुने पञ्चाङ्गमा उल्लेख छ। पञ्चाङ्गमा उल्लेख समय अनुसार भक्तालुहरुको कृष्ण मन्दिरहरुमा भिड भाड...