बडादशैको पहिलो दिन आज घटस्थापना

संवाददाता
२०८१ आश्विन १७, बिहीबार ०९:५७

हेटौडा । आजदेखि बडादशै सुरु भएको छ । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । घरघरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा अराधना गर्ने प्रचलन रहेको छ ।

नवरात्र भरि विभिन्न दुर्गा रूपहरूको पूजा गरिने गरिन्छ । जसमा प्रत्येक दिन नयाँ रूपको आराधना गरिन्छ। आज घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेट बाट सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

जमरा आयुर्वेद रुपले पनि महत्त्वपूर्ण मानिन्छ। यस अवसरमा देवी दुर्गाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गरिन्छ।

विजयादशमीको दिन टीका र जमरा सहित प्रसाद ग्रहण गर्ने परम्परा छ, । जसले पारिवारिक सम्बन्धलाई पनि मजबुत बनाउँछ। नवरात्रको अवसरमा विशेष चण्डी पाठ, देवी भागवत र अन्य स्तोत्रहरूको पनि पाठ गरिन्छ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*