आज हरितालिका तीज मनाइँदै,
हेटौंडा । आज भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला शुक्रबार उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन्।
तृतीयाका दिन बिहानै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ। पञ्चांगमा आज १५ घडी ५७ पला अर्थात् मध्याह्न १२ बजेर ८ मिनेटसम्म तृतीया तिथि रहने र त्यसपछि चतुर्थी (चौथी) लाग्ने उल्लेख छ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरू भएको पौराणिक मान्यता छ । विबाहित महिलाले आज व्रत बसेर आफनो पतिको आयु लामो हुने र अविबाहितले राम्रो र असर पतिको कामना स्वरुप आज आफनो इच्छा सहित व्रत बस्ने चलन छ ।
आजको दिन विभिन्न स्थानको मठमन्दिरमा घुईचो लाग्ने गर्छ । आज बिहानै देखि पानी परिरहेको छ । धार्मिक स्थलमा गएर पुजाआराधाना गर्न समस्या हुने देखिन्छ । संस्कृतिविद् डा. शोभा ढुङ्गानाका अनुसार पहिला हिन्दू नारीले मात्र तीज मनाउने भए पनि अहिले सबै धर्म, समुदायका महिलाले मनाउने गरेको र मूलतः महिलाको पुनर्मिलनको पर्व हो ।