धर्म सस्कृति
दशैँका लागि गाउँघर पुगेका मानिसहरूको फर्कने क्रम जारी
हेटौंडा । दशैँका लागि गाउँघर पुगेका मानिसहरूको फर्कने क्रम जारी रहेको छ । काठमाण्डौमा यातायातको चाप बढेको छ। यसपालि सडकको अवस्थाले यात्रालाई कष्टकर बनाएको यात्रुहरूका गुनासो रहेका छन्। असोज ११ र १२ गते आएको बाढी र पहिरोका कारण धेरै राजमार्ग र सडकखण्ड प्रभावित भएको छ । तर, सडकको अवस्था...
राष्ट्रपति रामचन्द्र पौडेलले दाजुबाट विजयादशमीको टीका लगाए
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँ २०८१ का अवसरमा आफ्ना दाजुबाट विजयादशमीको टीका लगाउनुभएको छ । ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट टीकाको उत्तम साइत विहान ११ बजेर ३६ मिनेटमा उहाँले दशैँको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गर्नुभएको हो । राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दशैँको टीका, जमरा र...
दशैकाे टिकाकाे उत्तम साइत बिहान ११:३६ बजे
हेटौंडा । यस वर्ष विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११:३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । भाेलि बिहान ८ : ३३ बजे नवदुर्गा भवानीकाे नदिमा बिसर्जन गरेर मान्यजनहरुबाट शुभसाइत ११:३६ बजे टिका लगाईन्छ । विजयादशमीकाे दिन बिहान नृत्य कर्म गरे पछि नौ दिनसम्म...
आज महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै
काठमाडौ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा...
आज नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा गरिदै
हेटौंडा । आज नवरात्रको सातौँ दिनमा कालरात्रि देवीको पूजा आराधना गरिदै छ । कालरात्रि देवीलाई शक्ति, भय र नाशको प्रतीक मानिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । कालरात्रि देवीकले प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती...
आज फूलपाती भित्राइँदै
हेटौंडा । बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती,...
आज कात्यायनीको पूजा आराधना गरिँदै
काठमाडौं । आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका...
नवरात्रको छैटौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदैं
हेटौंडा । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाउनुभएको हो ।नवरात्रका...
आज पनि कुष्माण्डा देवीकै पूजा आराधना गरिदैं
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ । आज बिहान ०६ ः १६ बजेसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । यसैले आज...
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
काठमाडौं । नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको...









