दशैकाे टिकाकाे उत्तम साइत बिहान ११:३६ बजे

संवाददाता
२०८१ आश्विन २५, शुक्रबार २०:२५

हेटौंडा । यस वर्ष विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११:३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । भाेलि बिहान ८ : ३३ बजे नवदुर्गा भवानीकाे नदिमा बिसर्जन गरेर मान्यजनहरुबाट शुभसाइत ११:३६ बजे टिका लगाईन्छ ।

विजयादशमीकाे दिन बिहान नृत्य कर्म गरे पछि नौ दिनसम्म पूजा अर्चना गरेको जमरा अनि दही, रातो अबिर, केरा र चामलसहितको सम्मिश्रणबाट तयार पारिएको रातो बाक्लो अक्षताले निधार भरि नवदुर्गा भवानीकाे प्रसादकाे रुपमा टीका लगाईन्छ ।

दशैकाे टीका लगाउदा पुर्व पटि मुख गरेर टीका लगाउनु पर्ने छ। भाेलि दिन भरि टीका लगाउन मिल्ने भएतापनि साइतमा टीका लगाउन चाहनेहरुकाे लागि भने उक्त साईत उत्तम रहेकाे नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यसैबिच राष्ट्रपति रामचन्द्र पाैडेलले सर्बसाधारणलाई दशैकाे टिका लगाइदिनु हुने भएकाे छ । राष्ट्रपति कार्यालयका साहयक प्रवक्ता बसन्त प्रसाद पन्तिका अनुसार ३ बजेदेखि ३०:३० बजेसम्म विशिष्ट व्यक्तिहरुकाे लागि र ३:३० बजेदेखि ५ बजेसम्म सर्बसाधारणहरुलाइ दशमीकाे टीका लगाईदिने भएका छन् ।

वैदिक सनातन धर्मावलम्बीहरुले दसैँको आर्सीवादलाई पौराणिक पात्रहरू र तिनको महारथसँग जोडेका छन् । दशमी तिथि अर्थात् विजया दशमीको दसौँ दिन अनि यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो । दशहराको अर्थ हो, दशानन रावणको पराजय (दशानन अर्थात् दश = दस + आनन = मुख) । आजैको दिन दुर्गा भवानीले महिषासुर नामक असुर को वध गरेको भनेर पनि उल्लेख गरिएको छ । यी टीका, जमरा अनि रमाइलोको माहौल दैत्यहरूमाथि देवताहरूको विजय, असत्यमाथि सत्यको विजय अनि अमानवीय तत्त्वमाथि मानवताको विजयका रूपमा लिइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*