दशैँका लागि गाउँघर पुगेका मानिसहरूको फर्कने क्रम जारी
हेटौंडा । दशैँका लागि गाउँघर पुगेका मानिसहरूको फर्कने क्रम जारी रहेको छ । काठमाण्डौमा यातायातको चाप बढेको छ। यसपालि सडकको अवस्थाले यात्रालाई कष्टकर बनाएको यात्रुहरूका गुनासो रहेका छन्। असोज ११ र १२ गते आएको बाढी र पहिरोका कारण धेरै राजमार्ग र सडकखण्ड प्रभावित भएको छ । तर, सडकको अवस्था अझै जोखिमपूर्ण रहेको र सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गरेका छन्।
आज टीका थाप्ने र आशीर्वाद लिनका लागि मान्यजनका घरमा जानुपर्ने क्रम जारी छ। विजयादशमीको दिनदेखि शुरू भएको यो परम्परा कोजाग्रत पूर्णिमासम्म चलिरहनेछ। काठमाण्डौको असनका बासिन्दाले हिजो टीका लगाएका छन् । पश्चिमी क्षेत्रका केही जिल्लामा केवल विजयादशमीको दिन मात्रै टीका लगाउने चलन छ।