आज नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा गरिदै

संवाददाता
२०८१ आश्विन २४, बिहीबार ०८:१४

हेटौंडा । आज नवरात्रको सातौँ दिनमा कालरात्रि देवीको पूजा आराधना गरिदै छ । कालरात्रि देवीलाई शक्ति, भय र नाशको प्रतीक मानिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

कालरात्रि देवीकले प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई ‘कालरात्रि’ भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । प्राणीलाई नष्ट गर्ने भएकैले यी देवीलाई कालरात्रि भनिएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका यो नौ दिनको आराधनाबाट प्राप्त भएको प्रसाद विजयादशमी र कोजाग्रत पूर्णिमासम्म लगाईन्छ । जसले परिवार जनमा समृद्धि र कल्याणको प्रतीकको रूपमा कार्य गर्छ।

बडा दशैंमा दुर्गा भवानीले नकारात्मकताको नाश गर्ने र सकारात्मकता र शक्ति प्राप्त हुने विश्वास छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*