आज विश्वकर्माको पूजा

संवाददाता
२०८१ आश्विन १, मंगलवार ०९:२५

हेटौंडा । आज विश्वकर्माको पूजा । विश्वकर्मा भगवानको पुजा अराधना गरि मनाईदैं छ । बर्षभरि चल्तिमा आएका सामानहरुलाई विश्वकमाको रुप मान्ने चलन छ । जस्तै विभिन्न कलकारखाना, पसल, गाडि , कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा लगाएतको पुजा गर्ने चलन रहि आएको हो ।

त्यसै गरि विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरिन्छ ।

आजका दिनमा पूजा सामानहरुको पुजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद्हरु बताउँछन् ।

विश्वकर्मा पुजाकाे साथै आजकाे दिनलाई वास्तु दिवस पनि मनाउने गरिन्छ ।

 

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*