धर्म सस्कृति
हाइकिङ र धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्दै मकवानपुरको लटारम्मेश्वर
हेटौंडा । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–८ मा अवस्थित लटारम्मेश्वर महादेव मन्दिर पछिल्लो समय हाइकिङ र धार्मिक पर्यटनमा रुचि राख्ने पर्यटकहरूका लागि लोकप्रिय गन्तव्य बन्दै गएको छ। काठमाडौँ उपत्यकाको कोलाहल र प्रदूषणबाट टाढा शान्त, हरियाली वातावरणमा अवस्थित यो स्थलले प्रकृति र आस्थाको संगम अनुभूत गराउने विशेषता बोकेको छ। सामाजिक सञ्जालमार्फत...
आज तुलसीको दल राख्दै
हेटौंडा । वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल अर्थात बीउ राख्दै छन् । हरेक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन...
मुस्लिम धर्मावलम्बीले आज बकर ईद मनाइँदै
काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा...
उभौली र बुद्ध जयन्तीका अवसरमा प्रदेश प्रमुख देवकोटाद्वारा सांस्कृतिक एकता र शान्तिको सन्देश
हेटौंडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उभौली पर्व र बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाली समाजमा सांस्कृतिक विविधता, मेलमिलाप र शान्तिको महत्व दोहोर्याएका छन्। प्रदेश प्रमुख देवकोटाले किराँत समुदायको पवित्र पर्व उभौलीलाई केवल मौसमीय परिवर्तन नभई पुर्खा सम्मान, प्रकृति पूजन र सामाजिक एकताको प्रतीकको रूपमा स्मरण...
शान्ति, अहिंसा र करुणाको सन्देश बोकेको बुद्ध जयन्ती आज विविध कार्यक्रमसहित मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन्मजयन्ती आज देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ। वैशाख शुक्ल पूर्णिमाका दिन जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण भएको स्मरणमा बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसको रुपमा श्रद्धा, भक्ति र ध्यानसहित बुद्ध जयन्ती मनाउँदै आएका छन्। लुम्बिनी, स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा विशेष पूजा, प्रवचन, ध्यान र...
आज किराँत धर्मावलम्बीले उभौली पर्व मनाउँदै
काठमाडौं । आज किराँत धर्मावलम्बी राई, लिम्बु लगायत जातजातिहरूले उभौली पर्व मनाउँदै छन् । उभौली अर्थात् चण्डी पूर्णिमामा प्रकृतिको पूजा आराधना गरी यो पर्व मनाउने गर्दछन् । किराँतसमुदायमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा बाली राम्रो होस् भनेर प्रकृतिको पूजा गर्ने परम्परा रहिआएको छ...
बागमती प्रदेशमा आज प्रदेश भाषा दिवस २०८२ मनाइयो
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा आज प्रदेश भाषा दिवस २०८२ मनाइएको छ । बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न बागमती प्रदेशमा “प्रदेश भाषा दिवस–२०८२” हेटौंडामा मनाइएको हो । प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा, नेपाल तामाङ घेदुङसंघ र नेवाः देय दवूको सहकार्यमा भाषा दिवस मनाइएको हो ।...
बागमती प्रदेशमा आज प्रदेश भाषा दिवस २०८२ मनाइदैं
हेटौंडा । बागमती प्रदेशमा आज प्रदेश भाषा दिवस २०८२ मनाउने भएको छ । उक्त प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न बागमती प्रदेशमा “प्रदेश भाषा दिवस–२०८२” हेटौंडामा मनाइने लागेको हो । प्रदेश सरकारले नेपालको संविधानको धारा ७को उपधारा २ को प्रावधान अनुसार...
चन्द्रागिरिको मातातीर्थमा भव्य मेला(फोटो फिचर)
काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा भक्तिसाथ मनाइँदै छ । आजका दिन दिवंगत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लागेको छ । तीर्थाटनमा सहभागीहरूले...
आज माता तिर्थ औँसी
हेटौंडा । आज माता तिर्थ औँसी, आमाकाे मुख हेर्ने दिन । आजकाे औँसीमा आमाको स्मरण र आमाप्रति श्रद्धा व्यक्त गरेमा आमा र सन्तान बिचको सबन्धमा कुनै पनि नआउने दरार विस्वास गरिन्छ । माता तीर्थ औँसीलाई देवलोक, पितृलोक र पृथ्वीलोक सबैतिर जोड्न सक्ने एउटा सेतुका रूपमा लिइन्छ । यदि आमाहरू...










